तनहुँ, – एसएलसी परिक्षामा सहभागी लमजुङका एक परिक्षार्थीको मृत्यु भएको छ। लमजुङको प्यारजुङ – २, कामीगाउँका २० वर्षिय चन्द्रबहादुर विकको मृत्यू भएको हो।
बुद्धमिलन माध्यमिक विद्यालय प्यारजुङ परीक्षा केन्द्रबाट ०४०००१७ बी अल्फावेट सिल्बोलमा सहभागी विकले यसअघिका परिक्षाहरु राम्रैसँग गरेका थिए। मृगौला सम्बन्धी रोगबाट पीडित उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यू भएको परीक्षा केन्द्रका निरीक्षक डीवी गुरुङले बताए।