इलामको तोरीबारीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

इलाम – प्राप्त समाचार अनुसार  इलामको बरवोटे- १ तोरीबारीमा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । इलामकै शान्तिडाँडावाट सदरमुकाम तर्फ आउदै गरेको मे १ ज ३५४ नम्बरको जीप दुर्घटना हुँदा एकै गाउँका तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा शान्तिडाँडा दुईका ५५ वर्षीय तिलक राई, एक जना नाम नखुलेका बालक रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन् । दुर्घटनामा परि नौ जना गम्भीर घाइते भएका छन् ।

समाचार अनुसार घाइते हुनेमा शान्तिडाँडा ३ का आशा लिम्वू (२२), शान्त लिम्वू (२५), सम्झना श्रेष्ठ (३०), शान्तिडाँडा ४ का दिलबहादुर श्रेष्ठ (४२), सविन श्रेष्ठ (१३), शान्तिडाँडा ५ का दिलकुमार राई(३७) र झापाको खुदुनावारी स्थित भुटानी शरणार्थी शिविरका मनिता राई रइलाम नगरपालिकाकी प्रतिक्षा श्रेष्ठ रहेका छन् ।

घाइते मध्ये केहीको उपचार जिल्ला अस्पताल इलाममा भइरहेको र गम्भीर घाइतेलाई थप  उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएको छ । क्षमता भन्दा धेरै यात्रु बोकेको र उकालोमा चिप्लो भएको बाटो गाडी पछाडी सर्दा जीप अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामको प्रारम्भिक अनुमान छ ।

अन्य समाचारहरु