उनी होम्स कलेजमा व्याचलर्स अफ विजनेस तेस्रो सेमेष्टरका बिद्यार्थी थिए । उनी बरउडमा नेपाली साथीहरुसँगै बस्दै आएकी थिइन । घटना लगत्तै सँगै बस्ने साथीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको प्रारम्भिक प्रतिवेदनले आत्महत्या गरेको बताएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उनीले नेपालको हृवाइट हाउस कलेजबाट स्नातक तह अध्ययन गरी सन् २००८ डिसेम्बर ७ तारिकका दिन अष्टेलियामा अध्ययन गर्न आएकी थिइन् । हालैमात्र भिषा म्याद बढाउन इमीग्रेशनमा आवेदन दिएकी थिइन् ।
नेपालमा रहेका परिवारजन शोकमा डुवेका कारण परिवारजनको अनुमति अनुसार उनको लिडकमस्थित रमउड सिमेटरीमा हिन्दु परम्परा अनुसार बिहीबार दाहसंस्कार गरिएको छ ।
उक्त श्रद्धान्जली सभामा न्यू साउथ वेल्समा महावाणिज्य दूत दिपक खड्का, गोरखा नेप्लीज कम्युनिटीका डा. नारायण प्रधान, समाजसेवी इन्द्रा वन, एनआरएनका अध्यक्ष ध्रुव सुवेदी लगायत नेपालीहरुको उपस्थिति थियो । मृतकका नातेदार पूर्व मन्त्री कमल चौलागाईले हिन्दु विधि पूर्वक अत्येष्टी गरेका थिए ।
काठमाडौं बुद्धनगर वस्ने चेतनाथ चौलागाई (केशव) तथा आमा जेठी चौंलागाईका दुई छोरा र लिना एक्ली छोरी थिइन् ।



