अखाँटा-यूएई डेस्क – गत मार्च २६ मा नेपाली समाज यूएईको निवर्तमान कार्य समितिले वर्तमान कार्य समितिलाई कार्यभार तथा सम्पूर्ण जिम्मा हस्तान्तरण गर्न दुतावासको सम्योजकत्वमा आयोजित कार्यक्रम भएको घटना र त्यस प्रती उपस्थित संचारकर्मीले लेखेका समाचार प्रती नेपाल पत्रकार महासंघ यूएई शाखा ले एक प्रेस बिज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
विगत केहि समयदेखी छापा एवं अनलाइन मिडियामा पत्रकारिताको मान मर्दन गर्ने गरी समाचारहरू सम्प्रेशन भइरहेको प्रति नेपाल पत्रकार महासंघ यूएई शाखाको ध्यानाकर्षण भएको सो शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष शकंर ज्ञवाली तथा सचिव अर्जुन दाहाल द्वारा संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ ‘यूएईमा रहि पत्रकारिता गरिरहनु भएका पत्रकार मित्रहरूले समाचार प्रकाशन एवं प्रसारण गर्ने क्रममा सत्य एवं तथ्य समाचार प्रकाशन गर्नु पत्रकारिताको धर्म एवं मर्म रहनु पर्दछ भन्ने हाम्रो ठहर रहेको छ’।
पत्रकार आचार संहिता २०६० को दफा ३.१ अनुसार प्रेस स्वतन्त्रताको संरक्षण एवं सम्बर्द्धनमा पत्रकार महासंघ दृढ प्रतिवद्ध रहने कुरा सवै पत्रकार एवं जनमानसमा जानकारी गराउंदछौं तर पत्रकारहरूले पत्रकार आचार संहिता २०६४ को ३.४ मा सत्य तथ्य सूचनाको सम्प्रेषण गर्नु पत्रकारको धर्म हुनुका साथै सत्य तथ्य सूचना सम्प्रेषण गर्ने क्रममा कुनै पत्रकारलाई आइपर्ने समस्याका लागि महासंघ उसको रक्षाको लागि अग्रसर रहने छ ।
भर्खरै नेपाली दूतावास अबुधावीमा दूतावासद्वारा आयोजना गरिएको एक कार्यक्रममा भएको घटनाको सत्य तथ्य विवरणलाई तोड मोड गरी समाचार छापा एवं अनलाईन मिडियामा आएको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रममा राजदूत महामहिम अर्जुनबहादुर थापाले कुनै पनि पत्रकारलाई धम्कि दिनु भएको थिएन र कुनै पनि दूतावासमा समाचार संकलन गर्ने पत्रकारले दूतावाससंग अनुमति लिएर मात्र फोटो खिच्न एवं भिडियो तथा अडियो रेकर्ड गर्नु पर्दछ भन्ने हाम्रो ठहर रहेको छ ।
यूएईमा रहेर पत्रकारिता गरिरहनु भएका पत्रकार मित्रहरूलाई कुनै पनि गुट र समूह नबनाई स्वतन्त्र र निश्पक्ष पत्रकारिता गर्न नेपाल पत्रकार महासंघ यूएई हार्दिक अनुरोध गर्दछ र छापा एवं अनलाईन मिडियाहरूलाई यूएईका विवादास्पद समाचार संप्रेषण गर्नु पूर्व पत्रकार आचार संहिता २०६० लाई अध्ययन गरी समाचार संप्रेषण गर्न समेत अनुरोध गर्दछ ।
अन्त्यमा यूएईमा रहेका केही पत्रकार मित्रहरूबाट समाचार संप्रेषण गर्दा कुनै व्यक्ति विशेषबाट प्रभावित हुने र एक अर्का प्रति प्रतिशोधको भावनाले आक्रोसित भई पत्रकारिता तथा पीत पत्रकारिता गर्ने गरेको पाइएकाले यस्ता गतिविधि प्रति महासंघको यूएई शाखाको ध्यानाकर्षण भएको छ । यस्ता पत्रकारिता प्रति महासंघले छानविन गरी पत्रकार आचार संहिताको दायरामा ल्याउन पहल गर्ने छ ।
स्मरण रहोश बिज्ञप्तीमा भनिए अनुसारको समाचार विवरणमा पत्रकार जेपी सापोटा,खेमनाथ पौडेल,उमाकान्त पाण्डे गाउले र लाल बहादुर ढेगांले कलम चलाएका थिए। स्मरणिय यो पनि छ कि : संचारकर्मी जेपी सापकोटा नेपाल पत्रकार महासंघ यूएई शाखाका केन्द्रिय प्रतिनिधि हुन भने अर्कापत्रकार खेमनाथ पौडेल शाखाका सल्लाहकार हुन। उता गाउले र ढेगां भने महासंघमा आबद्द छैनन । उनी द्वय नेपाली समाचार केन्द्र यूएई सँग आबद्द छन। गाउले यस् अर्घाखाँची डट्कम् का मध्यपुर्व स्थित अन्तरराष्ट्रिय प्रमुख प्रतिनिधि सम्पादक रहेका छन।