नेपाली समाज यूएई मुसफाह क्षेत्रीय अधिवेशन नयाँ कार्यसमिती गठन गर्दै सम्पन्न

विरही रिजाल र उमाकान्त पाण्डे गाउले  
 
अर्घाखाँची टाईम्स यूएई डेस्क -गत २८ जनवरी २०११ का दिन सम्पन्न नेपाली समाज यूएईको महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले आफ्नो संगठन मजबूत पार्न क्षेत्रीय अधिवेशनहरु शुरु गरेको छ | क्षेत्रीय समितिहरु बिस्तार गर्ने क्रममा यही मिति ०१ अप्रिल २०११ शुक्रवारका दिन अबुधाबी स्थित मुसफाहको सनैयामा सो अधिवेशन सम्पन्न भएको हो |
 
नेपाली समाज केन्द्रीय कार्यसमितिका उपाध्यक्ष भरत रानामगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनको अध्यक्षता मुसफाह क्षेत्रीय समितिका कार्यवाहक अध्यक्ष धनेन्द्र राईले गरेका थिए भने सो अधिवेशनमा आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भुवन राई बिशेष अतिथि तथा अबुधाबी क्षेत्रीय अध्यक्ष सूर्य गिरी अतिथिको रुपमा उपस्थित भएका थिए |
 
अधिवेशनको पहिलो चरणमा मुसफाह क्षेत्रीय समितिले  केन्द्रीय उपाध्यक्ष भरत रानामगर समक्ष आफ्नो दुईवर्षे कार्यकालको सामाजिक तथा आर्थिक रिपोर्टिंग गरेको थियो जसअन्तर्गत आफ्नो कार्यकालमा गरेका सामाजिक कार्य र समितिसंग भएको नगद तथा जिन्सीको विवरण दिइएको थियो |
 
कार्यक्रमको दोस्रो चरणमा तत्कालीन मुसफाह क्षेत्रीय समिति विघटन भएको घोषणा गर्दै आगामी दुईवर्षे कार्यकालका निम्ति धनेन्द्र राईको अध्यक्षतामा चारजना सल्लाहकार सहित १३ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरीयो जसमध्ये प्रथम उपाध्यक्षमा सुवास खवास, द्वितीय उपाध्यक्षमा यम बहादुर जी.टी., सचिवमा सन्त कुमार श्रेष्ठ, सह-सचिवमा देवीप्रसाद लावती, कोषाध्यक्षमा राम बहादुर भण्डारी, सह-कोषाध्यक्षमा खिम परियार, निर्वाचित भएका छन् | यसैगरी सदस्यहरुमा विक्रम लिम्बू, तिल बहादुर कुँवर, नवराज श्रेष्ठ, खगेन्द्र श्रेष्ठ, गङ्गा बहादुर गिरी र लगेंद्र बहादुर राई निर्वाचित भएका छन् | यसैगरी सल्लाहकारहरुमा लोक बहादुर पूर्वाछाने मगर, टकराज गुरुङ, टंक पराजुली र गिरधारी रिजाल चुनिएका छन् |
 
कार्यक्रमको अन्तमा नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै प्रमुख अतिथि भरत रानाले समाजको आगामी दुईवर्षे कार्ययोजना बारे जानकारी दिएभने नेपालीका निम्ति कुनै समस्या परेमा समाजले सहयोग गर्ने भएकोले कुनैपनि बेला आफूलाई बोलाइएको खण्डमा आफू उपस्थित हुने बताए | यसैगरी बिशेष अतिथि भुवन राईले बिगतका दिनहरुमा समाजले धेरै सामाजिक कार्यहरु गरेको र केहि समय यता केही सुस्ताएको देखिएको छ भन्दै क्षेत्रीय समितिहरु समाजका मेरुदण्ड भएको हुनाले केन्द्रीय समितिलाई होस्टेमा हैसे गर्नुपर्नेमा उनले जोड दिए | अतिथिको आसनबाट सूर्य गिरीले हामी नेपालीहरुले प्रवासमा रहेर कुनै जात, धर्म, लिंग र पेशालाई नअंगालेर केवल एक नेपालीको नाताले सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए।