काठमाडौंका लागि भैरहवाबाट छुटेको कार कृष्णभीरमा दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

धादिङ  – काठमाडौंका लागि भैरहवाबाट छुटेको कार दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् ।

बा.८.च २३४ नम्वरको कार पृथ्वि राजमार्ग अन्तर्गत धादिङको धुषा १ कृष्णभीरमा आइतवार दिउँसो पौने ३ बजेतिर दुर्घटना हुँदा कारमा सवार २ को घटनास्थलमै मृत्यु भएको र अन्य २ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने र घाइते हुने कसैको पनि नाम खुलिनसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारको लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु लगिएको पनि प्रहरीले जनाएको छ ।

कार सडकबाट २ सय मिटर तल नदी किनारामा खसेको हो । मृत्यु हुनेहरुमा एक महिला र एक पुरुष रहेका छन् ।

 

अन्य समाचारहरु