अफगानिस्तान स्थित राष्ट्रसंघीय कार्यालयमा भएको सांघातिक हमलामा मारिएका चार नेपाली सुरक्षागार्डले १ लाख डलरका दरले क्षतीपूर्ती पाउने

काठमाडौ –  थाहा भए अनुसार अफगानिस्तानको मजार-ए-सरिफ स्थित राष्ट्रसंघीय कार्यालयमा शुक्रबार अपरान्ह भएको सांघातिक हमलामा मारिएका चार नेपाली सुरक्षागार्डले राष्ट्रसंघबाट तत्काल १ लाख डलरका दरमा जनही क्षतीपूर्ती पाउने भएका छन् ।

क्षतिपूर्ति रकमबारे इश्लामाबादस्थित नियोगमा जानकारी आएपनि लिखित पत्र आइनसकेको प्रथम सचिव दुर्गा भण्डारीले बताए । मृतक नेपालीमा दुलेगौंडा, बेलचौतारा-८ (तनहुँ) का मीनबहादुर थापा, बरान्जा-९ (म्याग्दी) का छविलाल पुर्जा पुन, बेलबास-१५, बुटवल (रुपन्देही)का नारायणबहादुर थापा मगर र भद्रकाली-३, पोखरा (कास्की)का दिलप्रसाद गुरुङ रहेका छन् ।

घटनामा घाइते भएका उपचाररत अन्य दुइ नेपाली सुरक्षागार्डको स्वास्थ्य सकुशल रहेको भण्डारीले बताए । ‘राष्ट्रसंघीय निकायलाई मृतकको शव जतिसक्दो चाडो नेपाल फर्काउन आग्रह गरिरहेका छौं’ भण्डारीले भने- ‘यही सातामा सबै प्रक्रियाको टुङ्गो लाग्नेछ ।’

अन्य समाचारहरु