नेपाली समाज आबुधाबी क्षेत्रिय निवर्तमान समिती द्वारा कार्यभार हस्तान्तरण/आर्थिक फाईदा गरी केन्द्र र क्षेत्र लाई चुनौती दिएका छौ-थापा

-उमाकान्त पाण्डे गाउले


अर्घाखाँची टाईम्स यूएई डेस्क-नेपाली समाज आबुधाबी क्षेत्रिय निवर्तमान समितिले आफ्नो कार्यभार वर्तमान कार्य समिती लाई हस्तान्तरण गरेको छ। २६ मार्च शुक्रबारका दिन आबुधाबी स्थित नेपाली दुतावासको सभाहलमा समाजको केन्द्रिय समितिले आयोजना गरेको एक कार्यकमका बिच आफु सँग भएको सम्पूर्ण विवरण-सगै आफ्नो कार्यभार हस्तान्तरण गरेको हो।


गत जनवरी २८ मा समाजको केन्द्रिय निवार्चन भए लगत्तै यस् अघी क्षेत्रिय समिती रहेको आबुधाबी छेत्रीय समितीको अधिवेशन मार्फत नयाँ कार्य समिती गठन गत १८ मार्च शुक्रबार गरिसकिएकोले निवर्तमान कार्यसमितिले सो कार्यभार हस्तान्तरण गरेको हो।


समाजको आबुधाबी क्षेत्रिय समिती यस् अघी रहेका अन्य समिती भन्दा सफल र आर्थिक रुपमा बलियो मानिएको समिती हो। सो कार्यभाल हस्तान्तरण कार्यक्रममा समितीका निवर्तमान कोषाध्यक्ष गुन्जमान गुरुङले प्रस्तुत गरेको आर्थिक आयब्यब बिवरणमा उल्लेख गरीए अनुसार  समितिको नयाँकार्य समिती लाई मात्र नभएर करीव ७ हजार घाटामा रहेको समाजको केन्द्रिय समिती लाई समेत चुनौती दिएको छ।


आफ्नो कार्यकालको जिम्मा लिने समयमा रहेको १३ हजार बराबरको आर्थिक कोष लाई अहिलेको स्थिती सम्ममा सामाजिक कार्यमा खर्च गरी बचेँको नेशनल बैन्क अफ ओमनमा रहेको बैक खातामा रहेकोले बैकंको एटिएम कार्ड सहित करीव ८ हजार २५ दिह्राम समितिको नयाँ कार्यसमिती लाई कार्यक्रमका प्रमुख अतिथी यूएईका लागि नेपाली राजदुत अर्जुन बहादुर थापा मार्फत समितीका आबुधाबी क्षेत्रिय अध्यक्ष सुर्य गिरी लाई हस्तान्तरण गरिएको थियो।


यसैबिच समाजको केन्द्रिय समितिले समेत सोहीदिन गरेको हस्तान्तरण समारोहमा दिएको विवरण हिसाबमा भनिए बमोजिम करिव ७ हजार घाटामा रहेकोले क्षेत्रिय समितीको आय विवरणले क्षेत्रिय समितीलाई मात्र नभै केन्द्र लाई समेत चुनौती दिएको निवर्तमान अध्यक्ष राम गोपाल थापाले प्रतिकृया दिए। उता निवर्तमान समितीले दिएको कार्यभार लाई सहज रुपमा ग्रहण गर्दै वर्तमान समितिका अध्यक्ष सुर्य गिरिले आफुहरुले पनि समाजमा उदाहरणिय कार्य गरी देखाउने र यसै गरी आफ्नो कार्यकालमा यसै गरी समाजलाई आर्थिक फाईदाको बिवरण दिन ईछुक रहेको संचारकर्मी लाई बताए।


नेपाली समाज यूएई केन्द्रिय समिती अहिले करीव ७ हजार घाटामा रहेको अवस्थामा क्षेत्रिय समितिमा रहेको आर्थिक प्रगती विवरणले नयाँ कार्यसमितीमा रहेका सबैलाई समाजमा काम गर्न हौसला र प्रेरणा मिल्न सक्ने समाजका केन्द्रिय अध्यक्ष कृष्ण ढकालले बताए।