ओमानको “सोएक” मा सात नेपाली अलपत्र

– शालिक राम आचार्य
 
अर्घाखाँची टाईम्स यूएई डेस्क-ओमान,सोएक-४-अप्रिल-  मस्कटको अन्तराष्ट्रिय एयरपोर्ट देखी करीव १३६ की.मि. टाढा रहेको सोएकमा ०७ नेपाली अलपत्र परेका छन।


सोएकमा रहेको मोर्डन फरमेसन एलएलसीमा कार्यरत ति नेपाली कामदार बिगत १० महिना देखी मासिक तलब नपाए पछी अलपत्र परेका हुन ।


यसरी अलपत्र पर्ने नेपाली हरुमा हेम बहादुर भुजेल (ओखलढुङा)पासपोर्ट न.२२०११४९,पट्टु  बराम(गोर्खा)पासपोर्ट न.३९९५४८७,बुद्ध बहादुर देउसाली (ईलाम)पासपोर्ट न.३३१३०११,राम प्रसाद चालिसे (रामेछाप)पासपोर्ट न.२६९८२३७,कृष्ण कुर्मी (रुपन्देही)पासपोर्ट न.४००१६५८,नन्दलाल (रौतहट)पासपोर्ट न.४१८८९१७,र मिश्री रे (रौतहट)पासपोर्ट न.३४८१४६९ रहेका छन।


मासिक तलब नपाए पछी अलपत्र अवस्थामा रहेका ति सात नेपाली नागरिकको अवस्था अहिले चिन्ताजनक छ न त काम छ न त तलब पनि , भिसा सकिएको छ नविकरण गरिएको छैन, ओमन स्थित ओमन नेपाली एकता समाजका प्रतिनिधिको भनाइ छ।


नेपालको  पाराडाइस म्यानपावर मार्फत २००९ जनवरीमा ओमानको बिल्डिंग कन्ट्रक्सनको कम्पनीमा आएका ती नेपालीहरुलाई पहिलो ३ मैनाको तलब राखी चौथो महिना देखि मेहनतको ज्याला पाउन सुरु भए पछी केही खुशी भएका ति कामदार अहिले १४ औ महिना सुरु भए लग्गतै तलब रोकिए पछी उनिहरु हातमुख जोर्न र दैनिक गुजारा चलाऊन समेत समस्यामा रहेको जानकारी मस्कटका बरिस्ठ समाजसेबी दिपक श्रेष्ठले साउदी दुतावासमा पत्र समेत पठाएका थिए तर त्यस को कुनै जवाफ आएको छैन।


यस् सम्बन्धमा सोही कम्पनीका पिआरओ सग कुरा गर्दा तिमी हरु जे गर्न सक्छौ गर कम्पनीले तलब पनि दिन सक्दैन र तिमीहरुलाई आफ्नो देश पठाउन पनि सक्दैन-जहा जहाँ लड्न सक्छौ लड भन्ने प्रतिकृया दिए।


समस्यामा परेका ति नेपाली हरु अहिले ओमन स्थित बिभिन्न नेपाली संघसस्था समक्ष गुहार मागेका छन। ओमनमा अहिले नेपालीको स्थीती दयनिय छ । अलपत्र पर्ने , असहज स्थितीमा पर्ने क्रम बढेको छ तर नेपाल सरकारको कुटनैतीक नियोग त्यहा नभएकोले ति समस्या प्रती सम्बन्धित निकायको ध्यान जान सकेको छैन।


यस् अघी नै सो कम्पनीले प्रत्येक कामदारले सुरुको तलब १५० ओमनी रियल एयर टिकटका लागि भन्दै राखेको थियो । तर अहिले आएर न त कम्पनी नै बोल्छ न त उनिहरुको समस्या सुनिदिने कोही छ । यस्तो समस्यामा उनिहरु कहिले सम्म भोगी रहने हुन भन्न सकिने अवस्था छैन ।


यसैबिच सो सम्बन्धमा आबश्यक कानुनी प्रकृया पुरा गरी ति नेपालीको उद्दारका लागि सहयोग गरिदिन त्यहा रहेका बिभिन्न संघसस्था ले ओमन हेर्ने जिम्मा पाएको साउदी अरब स्थित नेपाली राज्दुतावासमा एक ईमेल पत्र पठाएको अर्घाखाँची डेस्क मा जानकारी प्राप्त भएको छ।