माउतेलाई तालिम दिने क्रममा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

भरतपुर  – भरतपुरको वागमारा सामुदायिक वन वच्छौलीमा माउतेलाई तालिम दिने क्रममा हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ । बुधबार दिउँसो ३ वजे तिर स्थानीय ऋषि तिवारीको हात्तीले वनमा रौतहट जिल्लाका अन्दाजी ४०/४५ वर्षीय ओसी मिया अन्सारीलाई सुँढले वेरेर घाइते बनाएको र उपचारको लागि भरतपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्सारीको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

यस्तै भरतपुरको गौरीगञ्जमा ट्याम्पुले किचेर १ जनालाई घाइते बनाएको छ । ना१ह ७१२ नं को टेम्पुले स्थानीय १० वर्षीय सुमिला लामाको टाउको र ढाँडमा किच्दा लामा गम्भिर घाइते भएका छन् । लामाको पुरानो मेडिकल कलेजमा उपचार भई रहेको छ । टेम्पो र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु