जनअन्दोलनको अवसर पारेर पोखरामा आयोजना गरेको सभामा हिडेका माओवादी कार्यकर्ताको करेन्ट लागेर मृत्यु

पोखरा – पोखरामा जनअन्दोलनको अवसर पारेर माओवादीले आयोजना गरेको तमुवान् राज्यस्तरीय सभामा सहभागी हुन बसको छतमा चढेका पर्वत जिल्लाको होश्राङदी गाविसका ३५ बर्षीय  लालबहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।

करेन्ट लागेर अन्य ४ जना घाईते भएको प्रहरीले जनाएको छ । माओवादी कार्यकर्ताहरु बोकेर आएको ना४ख ३३१९ नम्बरको बस स्याङजाको अर्जुनचौपारी गाविसमा आउँदा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका नेपालीलाई उपचारकालागि कालिका सामुदायिक अस्पताल हेलुमा पुर्‍याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर होश्राङदीका उज्जवल भुसाल, टुकबहादुर थापा, सञ्जु भुसाल र रमेश नेपाली र्घाईते भएका छन । उनीहरुको हेलुमा उपचार भैरहेको र खतरामुक्त छन । 

अन्य समाचारहरु