भारतमा २१ औ जनआन्दोलन दिवस मनाइयो

-डि.आर. जि.सुमन,


अर्घाखाँची टाईम्स यूएई डेस्क-७ अप्रिल २०११- भुपाल-भारतमा रहेको नेपाल कम्युनिस्ट पार्टी एमाओवादीको भात्री सगंठन अखिल भारत नेपाली एकता मन्चले एक बिशेष कार्यक्रमका बिच २१ औ जनआन्दोलन दिवस मनाएको छ।


मन्चको मधयप्रदेश छत्तिस गढ महारास्ट्र सम्युत्त राज्य कमिटी अन्तर्गत भुपाल संयुक्त जिल्ला कमिटीको आयोजनामा २१ औ जनआन्दोलन दिवश भब्यताको साथ मनाएको हो।


राज्यकमिटी समिति सदस्य लीलाको अध्यक्षता,समितिका उपाध्यक्ष राम प्रशादको सन्चालनमा सम्पन्न सो कार्यक्रममा मन्चका अत्यधिक सदस्यहरुको आतिथ्यता थियो। सो सम्पन्न कार्यक्रममा नगेन्र ढकाल,के.स एम बि हमाल,लाल सिङ परियार,हरि पन्थ लगायतले आ-आफ्नो मन्तब्य दिएका थिए भने उपस्थित सबैलाई केन्द्रिय सदस्य मुक्ति डि.आर.सुमनले स्वागत मन्तब्य राखेका थिए।


जनआन्दोलनको महतो र एतिहास बारेमा एम.बि. हमाल, नगेन्र लाल सिङ लगायतले आफ्नो मन्तब्य दिएका थिए।


जनआन्दोलन बाट स्थापित मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बड्ने र आगामी २२ अप्रिलमा मन्चको स्थापना दिवस मनाउने निर्णय समेत गरिएको छ।



पार्टिको नेत्रित्वमा हुने जुन सुकै आन्दोलनलाई प्रवास कमिटीले भरपूर्ण सहयोग गर्न कार्यक्रममा बोल्ने सबैले प्रतिबद्दता ब्यत्त गरेका थिए।कार्यक्रममा एरिया कमिटी सचिव युव भट्टराई, सदस्यहरु रुक्मागत बेल्बासे, समर चोखल, अनिल बोहोरा, दुर्गा बिक, हितलाल भण्डारी, कमल भुजेल,लगायतको उपस्थिती रहेको थियो।