लमजुङ – बेंसीशहर-चामे मोटरबाटो खन्ने क्रममा अहिलेसम्म नेपाली सेनाका एक जवानसहित पाँच जनाको मृत्यु भएको छ ।
बेंसीशहर-चामे मोटर बाटो खन्ने क्रममा हालसम्ममा ५ जना मजदुरको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । पछिल्लोपटक बिहीबार बेंसीशहर-चामे मोटरबाटो निर्माण कार्यदल गणका २५ वर्षीय श्याम वहादुर तामाङको बाटो खन्ने क्रममा वम ब्लाष्ट गर्दा मृत्यु भएको सेनाले जनाएको छ ।
नुवाकोट सान्द्रदेवी ३ स्थायी घर भएका तामाङको पोष्टमार्टमका लागि लमजुङ सामुदायिक अस्पतालमा ल्याएको छ ।



