त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा डच नागरिकलाई नौ केजी चरेश सहित पक्राउ

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल प्रहरीले शनिवार ‘डच’ नागरिकलाई नौ केजी चरेश सहित पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी प्रमुख रमेशविक्रम शाहका अनुसार काठमाडौबाट नेदरल्याण्डका लागी उड्ने आर के फ्लाईका यात्रु पिटर ल्यूवेलबाट उक्त परिमाणको चरेश बरामद भएको हो । ‘एनटि५के९८एलओ५’ राहदानी वाहक पिटरले सामान्य व्यागेजमा नक्कली फल्स बटम बनाई उक्त परिणामका चरेश लुकाई छिपाई लैजाने लाग्दा प्रहरीले ‘एक्स-रे’ मा जाँच गर्दा फेला पारेका थिए ।

नेपाली चरेशको ठूला माग रहेको युरोपको नेदरल्याड चरेश खुला रुपमा उपभोग गर्न पाउने देश हो । मदिरा सेवन गरेर लठृ परेर विमानस्थल पुगेका पिटरको साथबाट दुई वटा राहदानी भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी नयाँ राहदानीबाट दुई पटक र पुरानो राहदानीबाट ६ पटक नेपाल आएको देखिन्छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पिटरले प्रहरीको आँखा छली यसअघि एक दुई पटक चरेश लैजान सफल भएका देखिन्छ । केही दिन अघि मात्रै बिमानस्थल प्रहरीले एक इजरायली नागरिकबाट नौ केजी चरेश बरामद गरेका थिए ।

 विमानस्थल प्रहरीले बरामद चरेश सहित पिटरलाई थप अनुसन्धान गर्न लागू औषध कानून कार्यान्वयन इकाई पठाएको छ ।  

 

अन्य समाचारहरु