सहकर्मी हत्याको विरोधमा अखिल नेपाल पोट्रोलियम मजदुर संघद्वारा मुलुक भरका पेट्रोल पम्प बन्द

काठमाडौ  – हत्याको विरोधमा अखिल नेपाल पोट्रोलियम मजदुर संघले आइतबार मुलुक भरका पेट्रोल पम्प बन्द गरेको छ ।

चितवनको रामनगर स्थित जगदम्बा पेट्रोल पम्पमा कार्यरत सहकर्मी भरत घिमिरेको गत बिहीबार लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । उक्त घट्नाको विरोधमा संघले आज मुलुक भरका पम्पमा काम ठप्प पारेका हुन् ।

हत्यामा संलग्नलाई खोजी गर्न प्रहरी प्रशासन अनुदार रहेको र मृतक घिमिरेको परिवारलाई क्षतीपूर्ति उपल्ब्ध नगराएको उनीहरुको आरोप छ । घिमिरेको हत्याको विरोधमा संघले बिहीबार चितवनमा पेट्रोल पम्प बन्द गरेको  थियो ।

पेट्रोलियम मजदुरको सुरक्षाको प्रत्याभूति  नभएसम्म विभिन्न चरणमा आन्दोलन जारी राख्ने मजदुर संघका केन्द्रीय सदस्य गोकर्ण खडकाले बताए ।  पेट्रोल पम्प बन्दका कारण सर्वसाधारण प्रभावीत बनेका छन् ।