नागरिक सेवा समाज यूएई विस्तारित हुँदै,अल ऐनमा उप क्षेत्रिय समिती गठन

-उमाकान्त पाण्डे गाउले


अर्घाखाँची टाईम्स यूएई डेस्क-सामाजिक सेवामा अलग पहिचान बोकेको नागरिक सेवा समाज यूएईले आफ्नो समिती विस्तार गर्ने क्रममा यूएईका बिभिन्न राज्यहरुमा आफ्नो क्षेत्रिय समिती लाई ब्यापक रुपमा विस्तारित गर्न लागि परेको छ। गत अप्रिल ८ शुक्रबार टायम सक्वारापार्क अलएैनमा सम्पन्न समाजको भेलाले अलएैन उपक्षेत्रिय समिती गठन गरिएको हो।


समाजमा रहेका सम्पूर्ण नेपाली को पहुच सम्म पुग्ने उद्देस्यले समाजलाई यूएईका सबै राज्यमा क्षेत्रिय समिती विस्तार सगै उपसमिती गठन सँगै यहाँ कार्यरत नेपालीको हितका लागि बिशेष योजना सँगै अगाडि बड्ने समेत सार्वजनिक गरेको छ।


नेपालमा गणतन्त्र स्थापनाका लागि ६२/६३ मा भएको आन्दोलनका घाइते लाई आर्थिक सहयोग लगायतका उदाहरणिय योगदान दिएको नागरिक सेवा समाज समाजमा रहेका सामाजिक अगुवाहरुको एक साझा सस्था हो।


सो समाज यूएईमा विगत देखीनै सामाजिक सेवामा तल्लिन छ र स्थानिय जनपहुच सम्म पुग्नका लागि अलएैनमा यस् अघीनै रहेको क्षेत्रिय समितीको मातहत अन्तर्गत रहने गरी उप छेत्रीय समिती गठन गरिएको थाहा हुन आएको छ।


सो गठित उप क्षेत्रिय समितीको अध्यक्षमा धर्म राज सुबेदी,उपाध्यक्षमा राम थापा,सचिवमा देव कुमार श्रेष्ठ, कोषाध्यक्षमा मनी लामा रहेको तथा सदस्यहरुमा दिपक अधिकारी,बसन्त राज गौतम,रामकाजी भण्डारी,हर्क बहादुर श्रेष्ठ,श्रीमती सिता खत्री,रहेका छन। सो गठित समितीको सल्लाहकारमा बालकृष्ण खड्का लाई राखेको छ।


नागरिक सेवा समाजका दुबइ क्षेत्रिय समितिका अध्यक्ष हिरा लाल श्रेष्ठ को प्रमुख आतिथ्यता,बालकृष्ण खड्काको सभापतित्वमा टायम सक्वारापार्क अलएैनमा सम्पन्न भेलाले सो उप क्षेत्रिय समिती गठन गरेको हो। भेला १३ सदस्यिय समिती गठन गरेको र समितिका ३ सद्स्य पछी नियुत्ती गरिने जनाइएको छ।