नेपाली समाज यूएई द्वारा शुभकामना आदान प्रदान तथा चियापान समारोह सम्पन्न

-उमाकान्त पाण्डे गाउले र गीता मणि पाण्डेय


अर्घाखाँची टाईम्स यूएई डेस्क-नेपाली नयाँवर्ष बि.स. २०६८ लाई यूएई प्रवासमा बस्ने नेपाली ले शुभकामना आदान प्रदान एवम चियापान समरोह गरी स्वागत गरेका छन। नयावर्ष सुरुहुन ५ दिन मात्र बाँकी रहदा यूएईमा रहेका नेपालीले नयावर्ष लाई स्वागत गर्दै मनाएका हुन। गत शुक्रबार अप्रिल ८ मा  दुबइको मुटु बरदुबईमा रहेको अस्टोरिया होटल परीसरमा नेपाली समाज यूएई द्वारा आयोजित’नयावर्ष २०६८ शुभकामना आदान प्रदान एवम चियापान समारोह’को कार्यक्रममा नयावर्षलाई स्वागत गरिएको हो।


सम्युत्त अरब एमिरेट्स यूएईमा नेपाली राजदुतावास समेत स्थापना नभएको स्थितीमा खाडी युद्दताका सन १९९० मा स्थापित नेपाली समाज युएईले हरेक वर्ष जस्तै यस बर्ष पनि शुभकामना आदान प्रदान एवम चियापान राखी आयोजना गएको कार्यक्रममा बोल्ने अधिकाम्श वत्ता हरुले अघिल्ला सालमा भएका सबै तिता पिरा कुरा लाई भुलेर नयाँ जोश र जागरमा रही काम गर्न नयावर्षले प्रेरणा दिओश भन्ने कामना ब्यत्त गरेका थिए।


कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तब्य दिदै नेपाली समाज यूएईका पार्षद अध्यक्ष तुलसी तामाङले सबैलाई धन्यवाद दिदै विश्वको जुन सुकै कुनामा रहेका पत्रकारले नेपाली समुदायमा आधारित पत्रकारिता गर्दा डर धम्की बाट अविचलित भई समाचार सम्प्रेशण गर्न आग्रह गरे।कार्यक्रम आयोजना एवम नेपाली समाज यूएईका गतिबिधी बारे चर्चा गर्दै समाजका महासचिव प्रकाश कोइरालाले नेपाली दाजु भाई तथा दिदि बहिनिहरु देश भित्र या बाहिर जहाँभए पनि नयासाल २०६८ ले सबैमा शुख-शान्ति र समृद्धि कायम होश गरोश भन्ने कामना गरे।


उपस्थित सम्पूर्ण संघसस्थाका एक/एक प्रतिनिधिले मन्तब्य राखेको कार्यक्रममा एनआरएन यूएईको तर्फ बाट अध्यक्ष सिएम ढकाल,नेपाली आदिवासी जनजाती महासंघको तर्फबाट महासचिव डी.आर.गुरुङ,लुम्बिनी वेल्फेयर सोसाइटीका अध्यक्ष डिएल शर्मा,नेपाली समाचार केन्द्र र केन्द्रको प्रकाशनमा प्रकाशित हुने नेपाली समाचार पाक्षिक पत्रीकाका प्रधान सम्पादक लाल बहादुर ढेगा,नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष शकंर ज्ञवाली, स्याङजाली समाज यूएईका अध्यक्ष चन्द्र रोकाहा, नेपाली एकता समाज यूएईका अध्यक्ष मान बहादुर थापा,नेपाली समाज यूएईका भु.पु. महासचिव नारायण अधिकारी, नेपाली प्रवासी संघ यूएईका अध्यक्ष यम लाल शर्मा पंगेनी, लगायतले बोल्दै नयासाल २०६८ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको प्रती धन्यवाद दिदै सबैमा हर्ष,उल्लास,उमंग-सँगै शुख-शान्ती चयन होश,नेपालले नया संबिधान पाओस,हामी सबै एक हौ,भाईचारा,मिलनसार आत्मीयत सदैव रहिरहोश भन्दै शुभकामना साटासाट गरेका थिए।


बक्तब्यको क्रममा प्रमुख अतिथि रहेका दुतावास उपनियोग प्रमुख दिपक अधिकारीले कार्यक्रममा उपस्थित भएर शुभकामना आदान-प्रदान गर्न पाएकोमा खुशी प्रकट गर्दै सबैमा बितेका कुराहरुलाई बिर्सदै अब आउने दिनहरुलाई अविस्मरणीय एवम उल्लेख्य बनाउन मनमुटाव छोडि मिलेर काम गर्ने वातावरण मिलोश भन्ने कामना ब्यत्त गरेका थिए।
 
प्रवासमा बस्ने सबै नेपालीको सम्बन्ध एक अर्कामा भाईचराको र मेलमिलाप पूर्ण रहोश , एक अर्कामा सहयोग आदान प्रदान गरी अघी बढौ र एक ले अर्काको महत्व एवम मुल्य र मान्यता लाई सम्झेर कुनै पनि कार्यक्रममा उपस्थित भएपछी कार्यक्रमको अन्तिम समय सम्म बसेर कार्यक्रमको शोभा बडाइदिनु हुन सबैमा अपिल एवम नयाँवर्ष २०६८ सालको अवसरमा हार्दिक शुभकामना ब्यत्त गर्दै  कार्यक्रम बिसर्जन गरी चियापान समारोहमा उपस्थित सबै लाई शरिक हुन कार्यक्रमका शभापती सालीक सुवेदीले आग्रह गरेका थिए।


नेपाली राजदुतावास आबुधाबीका उप नियोग प्रमुख दिपक अधिकारिको प्रमुख आतिथ्यता,बिभिन्न संघसस्थाका प्रतिनिधि एवम नेपाली समाज सँग आबद्द सस्थाका प्रतिनिधि,ब्यबसायी,बुद्धिजीवी-पत्रकार लगायतको उपस्थिती-आतिथ्यता एवम नेपाली समाज युएईका उपाध्यक्ष एवम कार्यक्रमका सम्योजक समेत रहेका शालिकराम सुबेदीको शभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन समाजका केन्द्रिय सचिव उमाकान्त पाण्डे गाउलेले गरेका थिए।