– शालिक राम आचार्य
अर्घाखाँची टाईम्स यूएई डेस्क-मस्कट-११ अप्रिल २०११, असहज स्थितीमा परेपछी नेपाल फर्कनको लागि ओमानी जेलमा परेकी महिला संसारे १९ झापाकी रोमा राई(नाम परिवर्तन)जेल मुत्त भई सोमबार नेपाल फर्कदै छिन।ओमानएयरको बिमान बाट उनी नेपाल फिर्न लागेकी हुन।
मेई २००९ देखि ओमानको राजधानी मस्कटमा कामगर्दै आएकी रोमा राई(नाम परिवर्तन)बिगत ५ महिना देखि बिचल्लीमा परेकी थिइन् ।मस्कटकी समाजसेबी नेपाली महिला गोमा पुनको सहयोगमा उनी हरु कानुनी प्रकृया पुरा गर्न प्रशासन धाइ जेलमा बसेर भए पनि नेपाल फर्किन लागेकी हुन। उनी सँगै अर्की नेपाली महिला पनि जेल परी कानुनी प्रकृया पुरा गरी १४ दिन अघी नेपाल फर्केकी थिईन।
घरेलु महिला कामदारको रुपमा ओमन पुगेका ति महिला कार्यरत घरमा शारिरिक तथा मानसिक पिडाका कारण घर छोडि भागेकोले सोहो भगुवा आरोपमा उनिहरुलाई केही समय जेल बस्नु परेको हो। समस्यामा परी आफु कार्यरत घर नै छोडेर भागे पछी बिचल्लीमा परेका ति २ महिला लाई समाजसेवी गोमा पुनले उद्दार गरेकी हुन।
रोमा राई(नाम परिवर्तन)को ३५ दिन जेलको खर्च, उडान टिकट र जुर्मानाको खर्च उक्त स्पोन्सरलेनै ब्यहोरेको जानकारी समाजसेवी गोमा पुन ले दिएकी छन।
यसै बीच गत साता ओमन डेखी अर्की नेपाली महिला पनि नेपाल फर्केकी छन। ओमनमा चोरीको झुट्टो आरोपमा फसेकी नाम परिवर्तन तुलादेवी १० वर्ष जेल जीवन को सजायमा परेकी भए पनि पछी कानुनी प्रकृयागत रुपमा लड्ने क्रममा मुद्दा जिते पछी एक वर्ष २ महिनामै नेपाल फर्किन पाएकी हुन। अर्घाखाँची टाईम्स लाई प्राप्त बिशेष सुचना अनुसार ओमनमा अझै पनि धेरै नेपाली महिलाहरु अलग अलग ठाउंमा बिचल्लीत छन् ।काउन्सिलिंग सेवा नहुँदा धेरै नेपाली महिलाहरुको स्थिती नाजुक बन्दै गएको छ।ओमान का शंघसंस्था हरुले यस समस्याको जानकारी ओमन हेर्ने जिम्मा पाएको नेपाली दुताबास साउदीअरब लाई गराएको भए पनि अहिले सम्म कुनै जवाफ र कार्यन्वयन गरिएको छैन।
सक्दो छिट्टो ओमनमा कुटनैतीक नियोग स्थापना गर्नु पर्ने त्यहा स्थित बिभिन्न सामाजिक संघसस्थाको माग रहेको छ। तर यस्ता माग प्रती नेपाल सरकार तथा सम्बन्धित निकाय मौन छ।



