-उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स यूएई डेस्क-अप्रिल ११-यूएई नेपाली एकता समाज दुबइ अलकुज एरिया समितीको भेला सघींयता बिरुद्दको आन्दोलन लाई थप उचाइमा पुराउन नयाँ योजना बनाउने निर्णय गर्दै गत शुक्रबार सम्पन्न भएको छ।समाजका गतिबिधिलाई जनपहुच र सामाजिक बिकासमा प्रवासमा बस्ने नेपाली हरु बिच हातेमालो गर्दै अघी बड्ने योजना अनुसार सो भेला आयोजना गरिएको हो।
भेलाले अब छिट्टै प्रवासमा बस्ने नेपाली बिच सघींयता बिरुद्द मजदुर क्याम्प सम्म पुगी नयाँ आन्दोलनको सुरुवात गर्ने निर्णय गरेको छ।
हचुवाको भरमा सविंधानत:नेपाललाई जातिय संघीयतामा लग्ने षणयन्त्र पुर्वक कार्यको बिरोध गर्दै आएको सो समाजले अब सघींयता बिरुद्दको आन्दोलन लाई कसरी थप प्रभाबकारी बनाउने भन्ने बिषयमा गम्भिर छलफल गरेको थियो।
देशमा बड्धै गरेको जातिय युद्द-सामाजिक अन्तरद्वन्द र बैदेशिक हस्तक्षेप बिरुद्द प्रवासमा बस्ने नेपालीले समयमै बुझ्न नसकेमा भोलीको नेपाल राज्य कहाँ रहने भन्ने ठुलो चिन्ताले सताइरहेको कार्यक्रममा बोल्ने अधिकाम्श वत्ताले जोड दिए।
दुबइको अलकुजमा कार्यरत नेपाली कामदारहरु लाई प्रशीक्षित गर्दै समाजमा हुने हरेक खालका समस्या प्रती खबरदारी गर्न सगंठित गर्दै जाने उद्देश्यले अलकुज सात अल मदिना नजिक रहेको खुल्ला पार्कमा बसेको सो भेलामा राष्ट्रिय अखण्डता,सविधान लेखन कार्यमा ढिलाई, अपुरो रहेको शान्ती प्रकृया,बड्धै गएको बेरोजगारी,लुटपाट,गरी खाने मजदुर माथि अन्याय,दिन दहाडै सार्वजनिक यातायात माथि बम बिस्फोट जस्ता समयसान्धर्भिक बिषयमा छलफल गरिएको समाचारमा जनाइएको छ।
यूएई नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी सभापतित्व,केन्द्रिय सदस्य केशव राज शर्मा, दुबइ क्षेत्रिय समितीका प्रकाश जिसीको आतिथ्यतामा सम्पन्न सो भेलामा समाजका अत्यधिक सदस्यको उपस्थिती रहेको थियो।
भेला एकता समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी कृष्ण केसीको पहलमा बसेको हो।