सगरमाथा समुह ओमानमा द्वारा सास्कृतिक कार्यक्रम सम्पन्न/साउदी दुतावासका प्रतिनिधि सँग गर्मागर्मी बहस

-शालिक राम आचार्य
 
अर्घाखाँची टाईम्स यूएई डेस्क,ओमान, मस्कट ८-अप्रिल २०११,सगरमाथा समुह ओमानले नयाँबर्ष २०६८ को सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने हेतुले आयोजना गरेको साँस्कृतिक कार्यक्रम तथा अन्तर नेपाली नृत्य प्रतियोगिता सपन्न भएको छ।
नेपाली कला,गीत संगीत नेपाली दर्शकमार्फत ओमान राज्यमा परिचित गराउनु नेपाली संगीतलाई अन्तराष्ट्रिय बजारमा प्रचार गर्दै दुई देशबीच सुमधुर सम्बन्ध कायम राखी नेपाली हरुको भाबनालाई सझेर तयार पारिएको  साँस्कृतिक कार्यक्रमको अध्यक्षता सागर अधिकारीले गरेका थिए भने उक्त समारोहमा मुख्य अथिति साउदी दुताबासका प्रतिनिधि सागर फुयाल र उमेश मुड्बरी थिए।
यसैगरि उक्त कार्यक्रमका अथितिहरुमा मेटलाइफ एलिको ओमानका एजेन्सी डाइरेक्टर राजु श्रेष्ठ,नेपाली समाज ओमानका अध्यक्ष गोबिन्द गुरुङ, ओमान नेपाली एकता समाजका अध्यक्ष सोभाकान्त लामिछाने,गैर आबासीय नेपाली संघ ओमानका अध्यक्ष टिकाराम ढकाल लगायतका अथितिहरुको उपस्तिथी थियो|
उक्त प्रतियोगीतालाई सफल र स्वच्छ बनाउनका लागि २ जना  निर्णायक श्रीमति पुजा मास्के र इश्वर बस्नेतलाई चुनिएको थियो।कार्यक्रममा  ओमानमा नेपालीको मिडिया प्रवासी आवाज लाई रोक लगाएको भए पनि नेपाली पत्रकारहरु र मिडियाकर्मीलाई स्वागत गरिएको थियो। 
नेपाली पत्रकार मंच ओमानका अध्यक्ष बसन्त नेपाल, एभीन्युज टिभीका सम्वादाता विजय आचार्य लगायत मस्कटमा कार्यरत नेपाली पत्रकारहरुको उपस्तिथी रहेको थियो ।
प्रतियोगीतामा १६  जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेकाथिए।
महिला प्रतियोगीहरुमा कल्पना पुन मगर,मनीषा गुरुङ,माया पुन मगर,नानु गुरुङ,रिचु घिमिरे,गोमा पुन मगर,लगायत रहेका थिए।यसै गरि पुरुष प्रितियोगीहरुमा दिलिप नेगी,इन्द्र सुनवार,संजीब गुरुङ,विष्णु बिर थापा,अर्जुन हलुवाई,योगेश राई,तिलक पुन मगर,किरण राई,शागर मगर,बिकाश मगर लगायतका पर्तियोगीहरुले न्रित्य प्रतियोगिता लाई मनोरञ्जनात्मक बनाएका थिए।
टनाटन भरिएको अलमाशा रंगमंचमा आफ्नो दूख पिडाहरु लाई भुलेर दर्शकहरु रमाएकाथिए|
उक्त प्रतियोगीता पछि साउदीबाट आएका दुतावासका प्रतीनिधिका साथ अन्तरकृया गरिएको जसमा ओमानका नेपालीहरुको अवाजलाई निकायको सामु  जोडदाररुपमा मिडियाकर्मीहरु बसन्त नेपाल र विजय आचार्यले राखेकाथिए।साथै नेपाली संघसस्था बाट पनि त्यहा भएका सबै समस्याको बारे जानकारी गराएका थिए। सबैको एउटै जिज्ञासा थियो ओमनमा कहिले दुतावासको स्थापना गरिएला? उत्तरमा उही पुरानै शब्दको रटान दुतावास प्रतिनिधि ले दिए : उनी भन्दै थिए काम धेरै छ, ५/६ देश हेर्नु पर्छ , कर्मचारी थोरै छौ, भन्दै जिम्मेवारी बाट पछी हटेजस्तो गरी जवाफ दिए।
ओमनमा रहेका संघसस्थाले एक जुट भएर प्रत्यक्ष अहिले अफ्ठ्यारोमा परेका ७ नेपाली कामदार र ओमानमा २००२ देखि नेपाल फर्कन नपाएकी महिला रेणु गुरुङ लाई समेत कार्यक्रममा उपस्थित गराएर समस्या समाधानमा पहल गरिदिन आग्रह गरे पछी छिट्टै आफुले पहल गर्ने दुतावास प्रतिनिधिले आश्वासन दिए।उता ओमानमा ज्यान गुमाएका नेपाली युवक रामशरण चौधरीको बिमाको पैसा आयोकी आएन? कंही रामशरणको बिमारकम पनि दुताबासलेनै खल्तीमा त राखेन यसको जबाफ माग्दा प्रतिनिधि अलम्मल्ल रुपमा गम्भिर पारामा देखीए।उनले भने यस् बिषयमा सोचबिचार गरी मात्र बोल्ने भन्दै केही बोलेनन।
उक्त अन्तरकृया पछि बिजयी प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरियो।नृत्य प्रतियोगितामा प्रथम स्थानमा रहेका योगेश राई र रिचु घिमिरे लाई   ओमानी रियाल ५० करीव  १० दश हजार नेपाली रुपैया र प्रमाणपत्र दिइयो|दीतिय भएका किरण राई र कल्पना पुन मगर लाई ओमानी रियाल २५ लगभग ५ हजार नेपाली रुपैया र प्रमाणपत्र दिइयो|तृतीय भएका बिकाश मगर र नानु गुरुङ लाई ओमानी रियाल १० लगभग २ हजार नेपाली रुपैया र प्रमाणपत्रदिइयो।यसैगरि २ जना भाग्यशालि दर्शकलाई लाई मस्कट देखि काठमाडौँ र काठमाडौँ देखि मस्कट को इतिहातएर को हवाई टिकट समेत प्रदान गरिएको थियो। ति भाग्यशाली बिजेताहरुमा धन बहादुर गुरुङ र  जित बहादुर गुरुङ रहेका छन।
विभिन्न संघसस्थाका प्रतिनिधि समाजसेबी,बुद्दीजिबि र पत्रकारहरुको उपस्थितिले साँस्कृतिक कार्यक्रमलाई अन्य पटक भएका शांगीतिक कार्यक्रम भन्दा अलिक फरक मनोरंजन र ऐतिहासिक सफलता हासिल गरेको दर्शकहरुको भनाइ थियो।