अज्ञात समुहले कास्कीमा एक विद्यालयका प्रधानाध्यापकको हत्या

कास्की  –  कास्कीमा अज्ञात समुहले आइतवार राती एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेका छन् । माई मैदान मावि सिद्धका प्रधानाध्यापक ४५ वर्षीय विष्णुहरि खनालको घर फर्कदै गर्दा बाटोमा  हत्या भएको हो ।

सिद्ध गाविसमा आइतवार आयोजना गरिएको दिशा मुक्त घोषणा कार्यक्रम सकेर राती अबेर घर फर्केका उनलाई थुम्कीको बोट गाउँमा सोमबार मृत अवस्थामा भेटिएको हो ।  

स्थानीय छहरे रानीवन सामुदायिक वनका सचीव समेत रहेका उनलाई काठ तस्करहरुले हत्या गरेको हुनसक्ने आफन्त कुष्णमुरारी खनालले बताए । उनले राती एक बजेको समयमा तीन वटा ट्याक्टरमा तस्करले अवैध काठ पोखरा झार्ने क्रममा सोधपुक्ष गरेपछि पोल खुल्ने डरले उनी हत्या गरेको दाबी गरे ।   

प्रहरीले एक टयाक्टर मालिकको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । उनको शरीर क्षतविक्षत हुनका साथै शरीर भर रडले हानेको निलडाम रहेकोले उनको हत्या भएको  आफन्तले बताए ।

घटनाबारेमा थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की मंगलबार घटनास्थल पुगेका थिए ।  उनले घटनाको  प्रकृति हेर्दा हत्या भएको हुन सक्ने बताए ।

अन्य समाचारहरु