नदीमा बेपत्ता भएका धादिङका २५ वर्षीय स्थानीय युवकको शव ४ दिनपछि फेला

धादिङ   – धादिङमा चैत्र २५ गतेदेखि नदीमा बेपत्ता भएका स्थानीय युवकको शव ४ दिनपछि मंगलबार फेला परेको छ ।

 

जिल्लाको मैदी ८ का स्थानीय २५ वर्षीय बैकुण्ठ दुवाडिको शव मंगलबार विहान ११ बजेतिर फेला परेको हो । दुवाडि २५ गते दिउसो ३ बजेटिर मैदी ८ को बुढिगण्डकी नदिमा बेपत्ता भएका थिए ।

 

दुवाडिको शव मैदी ९ को जुंगेटार नजिकै बुढिगण्डकी नदिमा स्थानीयले फेला पारेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

अन्य समाचारहरु