-तोयानाथ उपेक्षित
अर्घाखाँची टाईम्स यूएई डेस्क – अप्रिल १३ – नेपाली दुतावास कुवैतमा पाँच दिन देखि धाईरहेका नयाँ नेपाल क्लबका अध्यक्ष दिल बहादुर पुनलाई दुतावास सचिब पुष्पराज भट्टराईको निर्देशनमा रिजनल गेट काण्डका खलनायक रामचन्द्र सुवेदीले हिजो मुक्का बजारेका छन । पीडित पुनका अनुसार निज आफ्नो काम लिएर हिजो दुतावास दश तिस बजे पुगेका थिए । करिब चार बजे तिर उनलाई रामचन्द्रले विवादको बीच मुक्का बजारे र भूईमा ढलाए ।
तीन साँढे तिन बजे तिर रामचन्द्र दुतावास त्यसै आएको नभई सचिबले पूर्व नियोजित ढंगले षडयन्त्रपूर्वक बोलाएको दावी पीडितको छ।यो दावीलाई पुष्टि गर्न पुन भन्छन पाँच पाँच दिन म दुतावास धाउदा पुष्पराज सरले रिजनल गेटमा फसेका नेपालीको विषयमा मैले मिडियामा दिएको खबर र बोलेको कुरा गर्नु भएन तर उक्त व्याक्ति दुतावास आए पछि भने उहाँ कडकिएर सो सवालमा म माथि खनिनु भो किन ? पुन अगाडी भन्छन मैले त्यस मान्छे सँग टेलिफोनमा त बात गरेको थिए तर प्रत्यक्ष चिनेको थिईन जो मेरो पछाडी आएर बसेको रहेछ । शायद उसलाई पनि दिल पुन को भन्ने थाहा थिएन क्यार ?। जहाँ पुष्प सरको मलाई पहिचान गराउने भुमिकापूर्ण शैली र असान्दर्भिक सवाल खडा भए तब राम चन्द्र नाटकिय झोक देखाउदै तँ को होस पत्रिकामा समाचार दिने भन्दै म माथि हात हाल्न आईपुग्यो यसर्थ त्यहाँ पुष्पराज भटटराई साधु हुन भनेर मैले त के लाटाले पनि भन्दैन पुन को तर्क थियो ।
रामचन्द्रले एक्कासी भकाभक एउटा तालु खुईलेको बुढोबुढो लाग्ने मान्छेलाई कुटदै गरेको मैले देखे र छुट्याए, पछि मात्र मलाई चिनाईयो तिनी दिल पुन रहेछन, प्रत्यक्षदर्शी कुमार झापाली भन्छन । मलाई विवादको विषयमा केही थाह छैन त्यस पछि रामचन्द्र बाहिर तिर लागे भने पुष्पसरले दिल पुन लाई भित्र तिर लानु भो झापालीको थप भनाई थियो । पीटाई खाए पछि दिल पुनले दुतावास सचिब सँग आफु माथि षडयन्त्रपूर्ण आक्रमण गरेको र त्यसको योजनाकार तपाई नै हो भनी आरोप लगाएका थिए । प्रतिउत्तरमा सचिबले आक्रोशित हुदै के गर्न सक्छस गरेर देखा म के गर्न सक्छु गरौला पुनले भने ।
रिजनल गेटका लागि नेपालबाट ल्याएका ६० कामदारको विषय र विवादसँग गासिएको घटनालाई लिएर एजेन्टलाई कारवाहि गर्नु पर्ने ठाउँमा दुतावास सचिब किन नेपाली समाज र त्यसका अगुवा माथि एजेन्टका संरक्षक भएर प्रस्तुत हुन्छन भन्ने सवाल सर्वत्र खडा भएको छ । दुतावास भित्र मान्छे कुटिए यो त शरम लाग्दो कुरा भयो नै कुट्ने मान्छे कारवाहिमा पर्ने कि नपर्ने भन्ने सवाल अब खडा भएको छ । यस सम्बन्धमा दुतावासले प्रष्ट पार्नै पर्ने हुन्छ । यसै बीच भरखरै प्राप्त समाचार अनुसार नयाँ नेपाल क्लबले आफ्नो अध्यक्षलाई षडयन्त्रपूर्ण तरिकाले पिटेको कुराका विषयमा न्याय माग्न आजै तिन बजे एक प्रतिनिधी मण्डल दुतावास जाने सो काण्डको विषयमा खेद जारी गर्ने जनाएको छ।
यस विषयमा दुतावासको धारणा बुझ्न राजदुतसँग सम्पर्क गर्न खोज्दा हुन सकेन ।
यसै सम्बन्धी थुप्रै समाचार अर्घाखाँची टाईम्स यूएई डेस्कमा प्राप्त भएका छन, प्राप्त सम्पूर्ण समाचार लाई जस्ताको त्यस्तै प्रकाशन गरेका छौ :
नेपाली दूतावास कुवेत भित्र मुक्का हानाहान
सुजन के.सि. ‘अभागि’
अर्घाखाँची टाईम्स यूएई डेस्क-१३ अप्रिल, नेपाली दूताबास कुवेत भित्र नयाँ नेपाल क्लब कुवेतका अध्यक्ष तथा एन आर एन ए कुवेतका सदस्य बुद्धीजिबी, समाज सेबि दिल बहादुर पुनलाई नेपाली कामदारहरुलाई कुवेत पुराई अलपत्र र बिचल्लित पार्ने एजेन्ट राम चन्द्र सुबेदिले दूताबास भित्रै कुटे । करिब १ महिना देखी कुवेतको मिन अब्दुल्ला स्थित डेजर्टमा ६० जना नेपाली सबारी चालकहरुलाई अलपत्र पार्ने एजेन्ट राम चन्द्र सुबेदी हुन । नेपालबाट सेटिङ मिलाई भिसिट भिषामा सवारी चालक कुवेत भित्राई अलपत्र पारेको समाचार प्रकासित गर्दै आएको छ । यसै सन्दर्भमा समाज सेबी दिल बहादुर पुनले एजेन्ट राम चन्द्र सुबेदीलाई पीडितहरुको लागि छिटो टिकटको ब्याबस्था मिलाई नेपाल फर्काउन र दूताबासलाई पीडितहरुको उद्धार गर्न दवाब दिनु भएको थियो । हिजो दिनको २ बजे ब्याक्तिगत काम बिशेषले दूताबास पुग्नु भएका दिल बहादुर पुन सँग सधैं दूताबासको सेरोफेरोमा रहने सुबेदी सँग दूताबास भित्र भेट हुँदा, त को होस ? मैलेजे गरे पनि तलाई के मतलब ! भनी दिल बहादुर माथि मुक्का चलाएको श्रोतले बताएको छ ।
दलाल सुबेदीले बिभिन्न संचार माध्यममा अलपत्र परेका ६० नेपालीहरुको समाचार प्रकाशित गर्दा पत्रकारहरुलाई ज्यानमार्ने धम्की पनि दिएको थियो । राम चन्द्रले नेपाली दूताबास मेरो साथ छ । तिमीहरुले मेरो केही बिगार्न सक्दैनौ । पुष्प सर मेरो मान्छे हो भन्दै पटक पटक धमकाएको पीडितहरुले नेपाल कुवेत डट कमलाई बताएका थिए । अलपत्र परेका पीडितहरुलाई हामीहरु नेपालमा गएर म्यानपावर सँग पैसा फिर्ताको लागि कुनै उजुरी अथवा दाबी गर्ने छैनउ हामी आफनो खुशीले कुवेत गएको र आफनो खुशीले फर्केको हो भनी लेखिएको कागजमा हस्ताक्षर गर्ने जबरजस्ती गरेको र हस्ताक्षर नगरेको खण्डमा दूताबास सँग मिलेर कुवेतमा तिमीहरुलाई पचाउन कस्छु भनी धेरै पटक दूताबासको धम्की दिएको पीडितहरुले नेपालकुवेत डट कमलाई बताएका छन ।
राम चन्द्र सुबेदी नामको मानब तस्करले नेपाली मजदुरहरुलाई अलपत्र पार्ने र समाजसेबी ब्यक्तित्वहरुलाई दुरब्याबार गरेको पहिलो घटना होईन । २००७ देखी नै नेपाली चेली बेटीलाई कुट पिट गर्ने, असभ्य ब्याबार र अशब्द भन्ने, जबरजस्ती गरेका सयौ मुद्दा नेपाली समाज माझ छन । यिनै राम चन्द्र हुन जस्ले एन आर एन ए कुवेतका पदाधीकारीहरुलाई कुवेतमा सडाउने धम्की दिने र कुवेती नागरिकलाई फोन गर्ने लगाई डोपोर्ट गर्ने धम्की दिने । रेशु खडकी देखी मुना राई सम्म सयौ नेपाली महिला लाई बिच्ल्ली र बर्बाद पार्ने ।
स्मरण रहोस २ बर्ष पहिला मालियाको बजारमा नेपाली चेलीलाई लात्तीले कुटने पिटने महाराज राम चन्द्र सुबेदी जी नै होईसिन्छ । कुवेतमा नेपाली दूताबास नरहेको अवस्थामा हार गुहार माग्न मित्र स्याङ्जाली लाई खोज्दै मालिया पुगेकी नेपाली महिलालाई लात्तिले हिर्काउने र केशमा तानेर धिसार्दै गर्दा त्यहा उपस्थित सयौ नेपाली युवाले राम चन्द्रलाई नागै पारेर कुटेका थिए ।
राम चन्द्र नाम भएको रावणका हजारौ काला कर्तुस भए पनि आहिले सम्म नेपाली दूताबास कुवेतले ब्लक्क लिस्टमा सुबेदीको नाम नराख्नु रहस्यमय छ ।