कुवेतका पत्रकारलाई रातीमा फोन बाट कुवेतमै पचाउने धम्की/दुतावास मुक दर्शक- अपराधी दुतावासकै संरक्षणमा रहेको पत्रकारको दावी

-तोयानाथ उपेक्षित


अर्घाखाँची टाईम्स यूएई डेस्क-पछिल्लो पटक रिजनल गेट अपराध काण्ड देखि पुन नेपाल कुवैतका पत्रकारलाई धम्क्याउन शुरुभएको काण्ड केही साताको मौनतावाट फेरी शुरु भएको छ।शुरुका दिनमा नेपाल कुवैतका एमडी सुजन केसीलाई अरबी भाषी लगाएर धम्क्याउने मानब तस्करीका कुख्यात नाईके रामचन्द्रले त्यसपछि हरीकृष्ण न्यौपाने लाई धम्क्याएका थिए।अहिले आएर हिजो रात भरी नेपाल कुवैत डट कम का पत्रकारहरुलाई ईन्टरनेट कल मार्फत ज्यान मार्ने धम्कि दिएका छन।


उनले राती दश तीस बजे पत्रकार हरीकृष्ण न्यैपानेलाई कल गरेका उहाँको फोन साईलेन्टमा रहेपछि तोयानाथ उपेक्षितलाई दश बजेर सैतिस मिनेटमा कल गरेका थिए।त्यस पछि राजन रिमाललाई उनले कल गरेर तथानाम गाली गर्दै आफुलाई वण्डर वल्ड सावीत गर्ने कोशिष गरे।तीनै जनालाई आएको ईन्टरनेटको गाईजात्रे नम्बर २२९२८७ थियो।


सम्पादक राजन रिमालले यो स्तम्भकारलाई रातको पौने तिन बजे फोन गरेर उसको धम्किको कुरा गरिरहदा मलाई फोन गरेर तिनै शब्द प्रयोग भएको कुरा उहाँसँग शेयर गरे।बिहान हरिकृष्णसँग सम्पर्क गर्दा पहिलो कल सोही नम्बरबाट उहाँलाई आएको थाह पाईयो।


हेल्लो ….मेरो मोवाईलको रिङलाई ग्रहण गर्दै बोले उसले भन्यो को बोलेको हो ? मेरो प्रतिउत्तर थियो तपाई चाही को बोल्नु भो?म जो बोले पनि कान खोलेर सुन,भन्दै भरपुर अपशव्द बोले। गालीका पुरा यी शब्दहरु यहाँ लेख्न सकिने खालका छैनन।किन समाचार लेखिस?मैले यति गिरेका शब्दका पतितका कुरा सुन्न सकिन फोन काटिदिए । पुन कल आयो पुन काटी दिए।त्यस पछि नेपाल कुवैतका प्रधान सम्पादक राजन रिमाललाई कल गर्दै उही शब्दमा गाली गलौच गर्न रामचन्द्र पुगेका थिए।


उनको मोवाईल नं 00965 ६६६४२५०३  बाट राती पुन २ बजे राजन रिमाललाई रामचन्द्रले कल गरेर उसरी नै धम्क्यान पुगे । रिमालले भने उसले धम्क्याएको रेकर्डे गर्नु भएछ । उसलाई चिन्नु रे । उसको विषयमा समाचार नलेख्नुरे । उसले नेपालीलाई रोजगारी दिएको छ र ? हामीलाई बाँच्न मन छ की छैन र ? वन्डर वल्ड कुवैतका डन हुन रे उनी त ? दुतावासले उनलाई केही गर्न सक्दैन रे ? बास्तवमा दुतावासले चाहानु हो भने उनलाई केही गर्न सक्दैन त ?


 


ईन्ट्री भिषामा नेपालवाट नेपालीहरु कुवैत ल्याएर उनले ईलिगल बनाएको रिजनल गेट काण्ड मच्चएको, ती मजदुर हरुलाई भोक भोकै पारेको र घर जानेहरुलाई साधा कागजमा सही गर भन्ने दबाब दिएको यसरी नै नेपालमा पुगेर त्यहाँका मेनपावरमा बुझाएको रकममा दाबी गर्ने छैन भन्ने व्यहोरामा सही गराउने कोशिष गरेका समाचारहरु लेखेर पत्रकारले उनलाई अन्याय गरे भन्ने उनको आक्रोश हो रे?


अस्तिको दिन मात्र उनले एनआरएनए कुवैत तथा नयाँ नेपालका अध्यक्ष दिल पुनलाई दुतावासमा सुनियोजित तवरले कुटपिट गरेका थिए भने सो समाचार सार्वजनिक गरेकोमा आजभोली नेपालकुवैतडटकमका पत्रकार माथि श्रृखलाबद्ध धम्किमा उत्रिएका छन । नेपालमा रहेको घर परिवार र ठेगानाको सुराकी लिएर धम्किी दिने उनलाई कारवाही कसले गर्ने ? नेपाली समाजले की दुतावासले ? नेपाल कुवैत डट कम ले कुवैतमा समाचार लेख्न नपाउने भन्ने उनको धम्कि को श्रोत जाड मात्रै पक्कै होईन, यसको श्रोत दुतावास हो भन्ने आशन्का उसको शब्द शैली र प्रस्तुतीले देखाई सकेको छ, होईन भने रामचन्द्रले जन प्रतिनिधी कुटेको तीन दिन वितिसक्दा पनि किन कारवाही हुन्न ? गैह् कानूनी प्रयोजन र नियतले दर्जनौ नेपाली फसाएको देश विदेशमा चर्चा भईरहदा पनि उनलाई किन समातिन्न ? खोजीको विषय बनेको छ , जब सम्म दुतावास मुकदर्शक बनिरहन्छ यो आशंका पनि कायमै रहने निश्चित छ । नेपाल कुवैतलाई बन्द गराउने र यसमा कार्यरत पत्रकारलाई डिपोट गराउने कुवेतमै पचाउने उनको अर्को धम्कि पनि छ । सवाल माथि थप सवाल उठेका छन । संसारमा जहाँ मानब छन त्यहाँ मिडिया छ । जहाँ जुन जाति छन त्यहाँ उनीहरुको अनलाईन छ । प्रवासी नेपालीहरुले पनि संसारभरी अन लाईन चलाएका छन र कुवैतमा पनि नेपाल कुवैत तथा कुवेत नेपाल केही बर्ष देखि निरन्तर चलिरहेका छन र यी मिडियाहरु कुवैतवासी नेपालीको स्पन्दन बनेका छन । यीनलाई बन्द गर्ने धम्कि दिने रामचन्द्र को हुन ? के उनलाई कारवाही गर्न साँच्चै हो नेपाली दुतावासले सक्दैन ? या चाहादैन ? किन ?


रामचन्द्रलाई चौबीस घण्टा भित्र दुतावासले कारवाही गरोस र उनलाई कडा भन्दा कडा सजाय गरियोस भन्ने हाम्रो माग हो । अबैध टेलीफोन लाईनको प्रयोग गरि रातभरी धम्क्याउने सुवेदी हो, होईन भन्ने शंका कसैसँग भए जाँचको निम्ती हामी उसको भ्वाईस रेर्कड उपलब्ध गराउन तयार छौ । नेपालकुवेतका डट्कम् का संचारकर्मी ले लेखेका छन।