– कृष्ण खनाल
बुटवल २ वैसाख । बुटवलको मिलनचोकमा पुस्तक तथा स्टेसनरी व्यवसाय गर्दै आएका चिन्तन पुस्तक पसलका संाचालन गणेस पौडेल लाई अहिले आफ्नो स्वाथ्यको चिन्तालागिरहेको छ ।
उनलाई यो चिन्ता लागेको कारण आफुलाई कुनै निको नहुने रोगको कारण तथा उपचार गर्न नसक्दा चिन्दा लागेको भने होईन । कारण भने अर्कै रहेको छ । बुटवल निर्माण गरिदै गरेको फोरलेन सडक को कारण उडेको धुलोको कारण उनलाई आफुलाई दैनिक जसो रुघा खोकि तथा स्वासप्रश्वसमा समश्या आएको कारण चिन्तालागेको बताए । उनले भने – यो धुलोको कारण ८० बर्ष सम्म वाचिन्छकी भन्ने आशा थियो तर चाँडै न मरिन्छकी भन्ने चिन्ता लागेको छ ।
सडक निर्माण क्रमसंगै गमीयाम सु उदाहरण मात्र हुन जस्ता सडको छेउछाउमा व्यवसाय संचालन गर्दे आएका सयौ व्यवसायीहरु रुघा खोकीको को सिकार भईरेका छन । एकातर्फ गमी मौसमको कारण सडकमा पैदल हिड्न ग्रोह्ो भईरहेको बेला त्यसै माथी सडक निर्माण गर्दा उडेको धुलाको कारण मानिसहरु वाक्व भएका छन । अहिले बाटोमा हिड्नु पर्दा अनिवार्य रुपमा नाक तथा मुख छोपेर तथा माक्सको प्रयोग गरेर हिड्नु पर्ने हुन्छ ।
त्यसतै बुटवलको मिलनचोकमा नास्ता पसल संचालन गर्दे आएका कमल नास्ता पसलका संचालक कमल ढकालले यहि धुलोको कारण आफ्नो नास्ता पसलमा ग्रंहक नै कमी आउने गरेको दुखेसो पोखे । उनले भने – रुघा खोकि हाम्रो लागी त सामान्य नै भईसक्यो आफ्नो स्वर नै परिर्वत भएको छ ।
यसरी सडक निर्माणक्रमा उडेको धुलो नियन्न्त्रण नहुदा यस्तो रुघा खोकी तथा स्वासप्रश्वासको भोग्दा मानिसहरु वाक्व भईसेका छन । उता सडक निर्माण को जिम्मा पाएको पश्चिम डिभिजन सडक कार्यालय नः४ का प्रमुख दिपक कुमार भट्राईले आफुहरुले धुलो नियन्त्रण गर्ने क्रम जारी राखेको वताए । उनले बढ्दो सहरीकरण तथा घना वस्तीका लगी यो धुलो ले असरपारेको बताउदै आफुहरुले जतिखेर धुलो देखिन्छ त्यतीखेर नै पानी हाल्ने काम गरेको दावी गरे ।
जेठ सम्ममा सडक निर्माण गर्ने काम सकिने भन्दै उनले जेठ पछाडी यो समस्या नआउने जिकिर गरे । उनले ठेकेदार लाई मौखिक रुपमा पानी छर्किनको लागी निर्देशन दिएको भन्दै अहिलेभने लिखित रुपमा नै निर्देशन दिएको बताए । उनले लिखित रुपमा नै ठेकेदारलाई सडकको धुलो नियन्त्रण गर्ने निर्देशन दिएको भए पनी त्यसको पुर्ण रुपमा कार्यनयन भएको भने पाईएको छैन । सडकमा धुलो उडेरेको छ । सर्वसाधरण तथा सडकको आसपासमा व्यवसाय गर्ने व्यवसायीहरु धुलोको सिकार भएका छन । अहिले सडक डिभिजन कार्यालयले कहिलेकाही मात्र झारा टार्ने नाममा एक दुई टङ्कर पानी हालेर धुलो नियन्त्रण गर्ने काम भएको भए पनी त्यो प्रयाप्तमात्रमा नभएको सर्वसाधारणको गुनासो छ ।
डिभिजन प्रमुख भटराईले जतीखेर धुलो देखिन्छ त्यतीखेर पानी छर्ने काम भएको दावि गरे पनी बाटोपुर्ण रुपले धुलेया्मे भएर सावारी साधन तथा पैदल यात्री हिड्न नसक्ने स्थिती आउदा समेत धुलो नियन्त्रण गरेको पाईदैन ।