बुटवल ३ वैशाख । गर्मियाम संगै यस क्षेत्रमा भएको खानेपानीको समस्या समाधाका लागि स्थानीय वासिन्दाहरु लाग्न थालेका छन । बुटवल ९ शिवनगरका स्थानीय वासिन्दाहरु समस्या समाधानको बाटो पहिल्याउनथालेका आफैनै समस्या समाधान गर्नका लागी लाग्ने निर्णय गरेकाछन । बुटवलमा सवै भन्दा बढि खानेपानीको चरम समस्या भोग्दै आएका शिवनगर बासीहरले शनिवार एक भेलाको आयोजना गरी खानेपानी समस्या समाधानको लागी एक जुट हुने बताएका हुन । करिव २ हजार भन्दा बढि घरधुरी रेहेको शिवनगरमा गाडिएको खानेपानीको वोरिङबाट खानेपानी वितरण हुदै आएको मा गर्मियामको कारण समस्या झनै बढ्दै गएको गएको स्थानीय वासिन्दा हरुको भनाई रहेको छ । वार्ड नः ९ को चमचम चोकमा करिव एक बर्ष पहिला स्थानिय वासिन्दाको पहलमा खानेपानीको लागि वोरिङ्ग गाडिएको थियो ।
खानेपानीको वोरिङ्ग गाडेको भए पनी लोडसेडिङको कारण ले विद्युत आएको समयमा मात्र पानी आउने र विद्युत नभएको समयमा पानी नआउने समस्या झेल्दै आएका छन । जसको लागि शिवनगर वासीहरु घण्टौ सम्म पालो कुरेर एक गागी्र पानीका लागी बुटवल-१२ मा रामनगरमा रहेको सरकारी धाराहरुमा धाउनु पर्ने बाध्याता छ । यसको विकल्पको रुपमा वोरिङ गाडेको स्थानमा खानेपानीको शमस्या दिर्गकालिनरुपमा समाधा गर्नका लागी खानेपानीको आकासे ट्याङ्की निर्माण गर्नेका लागी आफुहरु लाग्ने वासीन्दाहरुले बताएका छन । शिवनगर खानेपानी उपभोत्ता समुह का अध्यक्ष पुर्ण चन्द्र पाण्डेले आकासे ट्याङकी निर्माण निरविकल्प भएको बताए । उनले सो ट्याङकी निर्माणको लागि नगरपालीका या स्थानीय वासिन्दाहरुले के कसरी हुन्छ खानेपानीको लाग्ने बताए । भेलामा उपभेत्ता समितीका सचिव ठाकुर प्रसाद वस्याल तथा स्थानीय खानेपानी उपभोत्ताहरु हरी रेग्मी तोयनाथ अर्याल युवराज रेग्मी बल बहादुर आचार्य लगाएतले खानेपानी जिवन एक अर्काको पाटो भएको कारण जसरी हुन्छ खानेपानीको लागी योजनावद्ध रुपले लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
उता खानेपानी समाधानको लागी नेपाल खानेपानी संस्थान शाखा कार्यलय बुटवलका प्रमुख गोविन्द गौाचनले केहि समय पहिला बुटवलटुडे कर्मिसंगको कुराकानीमा नेपाल विद्युत प्रधिकरण संग सम्झौता गरेर केहि दिनमा नै बुटवलको दिपनगर सुख्खानगर तथा देविनगरमा २४ सै घण्टा विद्युत सप्लाई गरेर आनेपानी समस्या समाधान गर्ने बताएको भए पनी त्यो अझै कार्यनय्न हुन सेकेको छैन । उनले गएको साउन महिना देखिनै पश्चिम सालझण्डी फिडरबाट विद्युत ल्याएर खानेपानी संस्थानको निजी लाईनमा जोडेर विद्युत नभएको वेलामा पनी खानेपानी वितरण गर्ने बताएको भए पनी उनको भनाई भनाईमा मात्र सिमित भएको छ ।