– देब गौतम
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क स्थित नेपालीहरुको सस्था
Ridgewood Nepalese Society ले यही १५ अप्रिल २०११ शुक्रबारका दिन नयाँ वर्ष २०६८ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा बेलुका ८:३० बजे नेपाली राष्ट्रिय गीत सँगै शुरु गरिएको थियो। कार्यक्रममा सस्थाका अध्यक्ष श्री पराजुलीले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना तथा कोषादक्ष्य एवम कार्यक्रमका समयोजक मिलन कुमार शाहीले गत वर्षको सस्थाको अब्वयको विवरण प्रस्तुत गर्नुभएको थियो।
सोही अबसरमा अप्रिल १०, २०११मा भएको संस्थाको साधारण सभाबाट निर्बाचित नयाँ पदाधिकारी नयाँ वर्षमा रहेको दुर्गा मन्दिरका मुल पूजारी अर्घाखाँची निवासी मतिलाल भुसाल शर्मा शास्त्रीले सफत दिलाउनु भएको थियो। नयाँ वर्षको उक्त कार्यक्रममा सबै जनाले शुभकामना आदानप्रदान गरेका थिए।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार लगायत स्थानिय नेपाली कलाकारहरुबाट बिभिन्न किसिमका सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।