रुपन्देहीमा कक्षा ८ को जिल्ला स्तरीय परिक्षफल ढिलो गरि प्रकासीत, भर्ना कार्यक्रम प्रभावित

– कृष्ण खनाल

 

बुटवल ४ वैशाख । रुपन्देहीमा कक्षा ८ को जिल्ला स्तरिय परिक्षाको परिक्षाफल  आईतबार मात्रै प्रकासन भएको छ । शैक्षिक सत्र सुरु भएको  चार   दिन पछाडी मात्र जिल्ला शिक्षा कार्यलय रुपन्देहीले परिक्षाफल प्रकासन गरेको हो । शिक्षा नियमवालीमा जिल्ला स्तरीय परिक्षाको परिक्षाफल चैत्र महिनामानै प्रकासन गर्ने नियम भएको भए पनी जिल्ला शिक्षा कार्यालये बैसाखमा मात्रै परिक्षाफल प्रकासन गरेको हो ।

 

बैसाख १ गते बाट नै नियमीत  कक्षा १ देखि नै रुपमा कक्षाहरु संाचालान गरेको भए पनी कक्षा ९ का विद्यार्थिहरु पास भएर गएको कारण कक्षा खाली जस्तै हुने गरेको थियो । यसरी ढिला गरि परिक्षाफल प्रकासन हुदा अन्य कक्षा का विद्यार्थिहरुले आघिल्लो कक्षामा अध्यायन गरिरहदा कक्षा ८ का विद्यार्थिहरु भने अध्यायन गर्न नपाउदा नैरीश्यता छाएको थियो । जिल्ला शिक्षा कार्यालय रुपन्देहीले प्रविधिक कारण देखाएर परिक्षाफल ढिला प्रकासन गरेको छ । जिल्ला शिक्षा कार्यलय परिक्षा नियन्त्रण उपशाखा प्रमुख टिकाराम न्यौपाने ले परिक्षाफल प्रकासनमा ढिला नभएको दावि गरे । उनले भने –  परिक्षाफल प्रकासनमा केहि ढिला भएको भए पनी खासै ढिला भने भएको होईन ।

 

उनले विगतको वर्षमा भन्दा आफुहरुले फरक ढङ्गले परिक्षाफल प्रकासन गरेको कारण ढिला भएको जिकिर गरेर । उनले भने – विगतका बर्षमा भन्दा यस बर्ष हामिले फरक गरेका छौ । सम्पुर्ण विद्यार्थिहरुको लधाङ्क पत्र  विगतको बर्षमा हातले लेखेर तयार पार्ने तथा परिक्षाफल प्रकासन पत्रिकामा गर्ने भएको र अहिले भने कम्पूयुटरराईज गरेर परिक्षाफल  प्रकासन गरेको उनको भनाई छ । ढिलागरि परिक्षा फल प्रकासन प्रकासन भएको कारण विद्यार्थिहरुले पढ्न नपाएको अभिभावक संघ रुपन्देहीका गुनासो छ । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञावालीले शिक्षा कार्यालयले जुन सुकै कारण देखाएर परिक्षाफल ढिला प्रकासन गरेको भए पनी आफ्ना विद्यार्थिहरुले पढ्न पाउने अधिकार हनन भएको बताए । उनले भने – यसरी ढिला गरि प्रकासन भएको परिक्षाफलको असर विद्यार्थिहरुमा परेको छ ।  उनले थपे  यसरी जुनसुकै कारण देखाएर  परिक्षाफल ढिला प्रकासन भएको कारण विद्यार्थिहरुले लाई पढ्नबाट बन्चित भए जस्ले विद्यार्थिहरु मारमा परेका छन यहि नै अभिभावक संघको भनाई हो ।

 

उता निजी विद्यालयको छाता संगठन प्यापसन रुपदेहीका अध्यक्ष विष्णु पन्थीले भने ढिला प्रकासन भएको कक्षा ८ को परिक्षफल खास असर नपरेको दावि गरे । उनले विद्यालयबाट जिल्लामा  पठाउने कागाजात पठाउन ढिला भएको बताए । उनले विगतको बर्षमा भन्दा परिक्षाफल प्रकासन कम्पुयुटरराईज प्रविधिबाट प्रकासन गरेको कारण ढिला गरेको भए पनी विद्यार्थिहरुलाई असर नपरेको दावि गरे । बुटवलमा रेहेको निजी विद्यालय एभरेष्ट बोडिङ स्कुलका पि्रन्सीपल कृष्ण प्रसाद न्यौपाने ले  परिक्षफल ढिलो प्रकासन भएको कारण आफुहरुलेको विद्यार्थि भर्ना कार्यक्रम लगाएता कार्यक्रम प्रंभावित भएको बताए । उनले भने परिक्षापफ ढिलो प्रकासनका कारण आफुहरुले पहिलानै आन्तरीक परिक्षफल प्रकासन गरेर भर्ना कार्यक्रम सुरु गरेको तर कक्षा ८ मा नया भर्ना गर्न भने अन्यौलता छाएको बताए । उनले प्ररिक्षाफल प्रकासीत भए पनी विद्यार्थिहरुको लधाङ्क पत्र मार्कसीट नआएको कारण नया विद्यार्थि भर्ना गर्न नमिल्ने बताए ।

 

यसरी ढिला प्रकासन भएको परिक्षाफलको कारण विद्यार्थिहरुको भविस्यमा अन्यौलता छाएको छ । भने नया विद्यार्थिभर्ना गरेर कक्षा संाचालन गर्ने विद्यालयहरुले विद्यार्थिहरुलाई भर्ना गर्न पाएका छैन्न । भने अन्य कक्षमामा अध्यायनरत विद्यार्थिहले कक्षा नया कक्षामा गएर अध्यायन सुरु गरेका भए पनी कक्षा ८ पास गरेका विद्यार्थिहरुले भने अझै सम्म पढ्न पाएका छैनन् ।

अन्य समाचारहरु