कास्की – पोखराको बेगनास तालमा ६ जना सवार भएको डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् ।
६ जना डुंगामा सवार गरेर हिडेको बेला आइतबार साँझ पानीसँगै परेको चट्याङ पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
डुंगामा सवारी ६ मध्ये २ जनालाई स्थानियले उद्धार गरेको र एक जना पौडिएर बाहिर निस्केका थिए । तीन जनाको खोजीका लागि प्रहरीको टोली घटनास्थल तर्फ लागेको जिल्ला प्रहरी प्रमुख एसपी यादवराज खनालले बताए ।



