कुवेतमा जलेका हिरामणि चौधरि र शेखर श्रेष्ठले राहात पाउने मौखिक सहमती

राजन रिमाल


अर्घाखाँची टाईम्स यूएई डेस्क -कुवेत २०११ अप्रिल १८- गत हप्ता कुवेतको सुविया स्थित एक कम्पनीमा काम गर्दा गर्दै आफैले चलाएको सवारी अचानक ठोकिएर जल्दा ज्यान गुमाउन पुगेका चितावुन मेघौलीका हिरामणी चौधरी र खोटाङ लामी टारका शेखर श्रेष्ठको परिवारलाई राहात उपलब्ध गराउने विषयमा हिजो कुवेतको नेपाली दुतावास कुवेत जुनुव जहारा स्थित कम्पनि प्रतिनिधि, उनिहरुलाई कुवेत सम्म ल्याउने मेन एजेन्ट रामचन्द्र सुवेदि र कामको सिलसिलामा कुवेत आई हाल कुवेतको सुविया स्थित रिजनल गेट कम्पनिमा घटना पछी काम छोडेर बसेका काम दार विच हिजो नेपाली दुताबास कुवेतका सचिव पुष्पराज भट्टराईको रोहवरमा मौखिक मध्यस्थता भएको छ।


पिडित पक्षहरुले हिरामणी र सेखरको मृत्यु पछि काम गर्नका लागी भिषा लाग्नु पर्ने,लाईसेन्स बन्नु पर्ने र उनिहरुको परिवारले क्षेतिपुर्ति पाउनु पर्ने माग राख्दै केहि दिन देखी काम बन्द गरेका थिए । लामो समयदेखी कम्पनीले काम लगाएपनी ति नेपालीहरुको भिषा भने लागेको थिएन । पिडित पक्षका प्रतिनिधिहरुले नेपालकुवेत डटकमलाई जानकारि गराए अनुसार हिरामणी चौधरी र शेखर श्रेष्ठका परिवारका लागी हाल दुईलाख पचासहजार नगद रुपैया एक दुई दिन भित्र पठाई दिने र पछि विमा वापत कुवेतको लेवर कानुन अनुसार कम्तिमा पनि कुवेती दशहजार दिनार प्रतिव्याक्ति दिने मौखिक सहमति भएको कुरा बताएका छन भने उनिहरुको लाशको बारेमा ससना टुक्राहरु जम्मा गरेको र कुन कस्को भन्ने थाहा नभएको हुँदा अस्पतालमा डि एन ए परिक्षण गरि सके पछि पठाउने भने सहमति भएको कुरा बताउदै ।


अन्य मागहरुमा उनिहरुलाई मासिक 190 डिनार दिने, हप्तादिन भित्र भिषा र लाईसेन्स दिने मौखिक सहमति भएको पिडित पक्षले वताए ।  स्मरण रहोस शेखर श्रेष्ट नेपालबाट पश्चिम नेपाल मेनपावर कम्पनि बाट आएका हुन भने  हिरामणी चौधरी एजेन्ट रामचन्द्र सुवेदि बाटै सिधै आएका हुन । कुवेतमा भने जति सेलरि नदिएको र आफुहरु सुरक्षित नरहेको भन्दै विगत सात महिना देखी हड्तालगरि बसेका ५९ जना नेपालीहरु कम्पनिको टिकटबाट र दुतावासको पहल बाट सकुशल नेपाल फर्केको कुरा पनि कुराकानिकै अवसरमा एजेन्टले बताए बाँकी रहेका एक जना पनि तुरुन्तै घर जाने छन भन्दै पिडितहरुले पाउने सुबिधाको बारेमा म मेरो तर्फ बाट सके जति प्रयास गर्नेछु किनकी ति मान्छेलाई मैले नै कुवेत ल्याएको हुँ मैले सबै काम नसकी भागेर हिड्दिन भनेका छन बाँकी त के हुन्छ हेर्नै छ । यता दुतावास सचिव  पुष्पराज भट्टराईलाई सम्पर्क गर्दा लाश पठाउनका लागी केहि ढिलाई हुन सक्ने र बाँकी विमाका लागी पनि करिव एक महिना लाग्ने बताउदै पिडित पक्षलाई राहात दिने कुरामा आफु विश्वस्त रहेको कुरा बताउनु भयो ।