प्रवासी नेपाली युवासंघ यूएईले आबुधाबीमा साकृतिक कार्यक्रमका बिच शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गर्दै

-उमाकान्त पाण्डे गाउले


अर्घाखाँची टाईम्स यूएई डेस्क-अप्रिल १८ आबुधाबी-संयुक्त अरब इमिरेट्सको आबुधाबीमा प्रवासी नेपाली युवासंघ यूएईले साकृतिक कार्यक्रमका बिच शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गर्ने भएको छ।


नेकपा एमाले प्रवास कमिटी अन्तर्गत रहेको प्रवासी नेपाली संघ यूएईको मातहतमा रहेको प्रवासी नेपाली युवासंघ यूएईले आउदो शुक्रबार अप्रिल २२ मा नेपाली नयावर्ष वि.स. २०६८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको हो भने समाजमा बिभिन्न योगदान दिने बिशेष ब्यात्तीहरुलाई सम्मान गर्न लागिएको हो।


आबुधाबीको एयरलाइन्स रेस्टुरेन्ट परिसरमा सन्ध्याकालिन प्रहरको ५ बजे देखी सुरु हुने सो बिशेष साकृतिक कार्यक्रमका बिच समाजसेवा,साहित्यिक उत्थान,पत्रकारिता तथा खेलकुद क्षेत्रमा आफ्नो अंमुल्य योगदान दिने ब्यातित्व हरुलाई सम्मान समेत गर्ने कार्यक्रम तय गरिएको युवासंघ यूएईका केन्द्रिय अध्यक्ष महेश गिरीले जानकारी दिएका छन।


यूएईमा रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिती तथा युवासंघ प्रती आस्थावान यूएई प्रवासमा रहेका सम्पूर्ण लाई कार्यक्रममा उपस्थित हुन साकृतिक सम्योजक उमेश राइ ले अनुरोध गरेका छन।


स्मरण रहोस केही महिना अघी स्थापित प्रवासी नेपाली युवासंघ यूएईले आफ्नो स्थापना पस्चात संघका गतिबिधी एवम क्षेत्रिय समिती गठन कार्य लाई तिब्रता दिईरहेको युवा संघले सार्वजनिक रुपमा आफुहरुलाई बिभिन्न क्षेत्र बाट सहयोग पुराउने,शुभेच्छुक तथा संघ प्रती आस्थावान सम्पूर्ण लाई उपस्थित हुन सजिलो होश भन्ने उद्देस्यले कार्यक्रम सम्बन्धी थप जानकारी आबश्यक परेमा युवासंघ यूएईका केन्द्रिय अध्यक्ष महेश गिरी ०५०-४१४७०४३,उपाध्यक्ष तथा साकृतिक कार्यक्रम सम्योजक उमेश राइ ०५५-६३५२१९३ र प्रवासी नेपाली संघ यूएईका वरीस्ठ उपाध्यक्ष एवम सगंठन बिभाग प्रमुख लक्षमण सापकोटा ०५५-८८५५२०५ लाई संपर्क गर्न सकिने जनाइएको छ।