घरको छत खस्दा एकको मृत्यु

– कृष्ण खनाल

 

बुटवल ६ वैशाख ।  नवलपरासीको पाचनगरमा घर भत्काउने क्रममा घरको छतले च्यापीएर एक जनाको घटनास्थलमै  मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्ला पाचनगर निवासी २४ बर्षिय जगदीश पाण्डे रहेका छन ।

 

मंगलवार अपराह्न्न ४ बजे भएको घटनामा मृत्यु भएका पाण्डेको सव प्रहरी चौकी वर्दघाटका प्रहरीले पोस्टमार्टम को लागी जिल्ला अस्पतालमा लगिएको स्थानिय वासिन्दा वुद्धी भुजेलले जनाए।

अन्य समाचारहरु