कोरियामा पनि नया वर्ष २०६८ विविध कार्यक्रम गरी भव्य रुपमा मनाइयो

– कर्ण जंग रायमाझी, कोरिया व्युरो प्रमुख

 

आन्सान, कोरिया ।  नेपालीको नया वर्षको अवसर पारि कोरियामा पनि नेपालको माया ममताको झल्को दिलाउन र एकापसमा शुभकामना आधन-प्रधान गर्नको लागि यहाँ पनि  नया वर्ष २०६८ को उपलक्ष्यमा कोरियाको आन्सान भन्ने सहरमा नेपालीले भव्य कार्यक्रम गरेको थियो।

 



जसमा काभ्रे सम्पर्क मंच तथा योंग स्टार ग्रुपले भर्खर कोरिया मै रिलिज गर्ने भनेर बहुत चर्चित नेपाली कथानक चलचित्र देवयानीको प्रदर्सन गरेको थियो।  कार्यक्रम दिनको ठिक २ बजे सुरु भएको थियो, काभ्रे सम्पर्क मंच तथा यौग स्टार का अधक्ष्य (याम श्रेष्ठज्यु )को सभापतित्वमा सुरु गरिएको थियो। जुन चलचित्रको निर्देशक विजय बस्नेत नेपाल देखि नै आउनु भएको थियो। उहाको प्रमुख अथितिको साथमा अथितिहरुमा एनआरएनका सस्थापक तथा संयोजक आनन्द गुरुङ, पत्रकार महासंघका अदक्ष्य रघु त्रिपाठी,गुल्मी समाजका अध्यक्ष तथा योंग स्टारका सदस्य गान्धीब सुबेदी, अर्घाखाँची सम्पर्क मंच का अध्यक्ष तथा अर्घाखाँचीडट्कमका कोरिया व्युरो प्रमुख कर्ण जंग रायमाझीको उपस्थिति थियो।

 


 

कार्यक्रम भव्यताका साथ सम्पन्न हुनुका साथै चलचित्रको बारेमा दशर्कहरुसंग कुराकानी गर्दा चलचित्र एक नारी प्रधान रहेको र नेपालमा भएका बिकृतिहरुको बारेमा यसले राम्रो निर्देशन दिएको बताए।  नेपालमा यसले राम्रो फड्को मार्ने कुरामाका साथ दर्सकहरु भनाइ थियो।

 


 

कार्यक्रम हेरे पछि लगायत दिउस ४ बजे पछि अनसनको नेपाली रेस्टुरेन्ट काठमाडौँ रेस्टुरेन्टमा जन्म दिन सहित नया वर्ष पारि जन्मदिन भव्यरुपमा मनाएका थिए। जसमा २०० जना नेपाली दाजुभाई, दिदीबहिनीका साथमा नाचगान सहित काठमाडौँ रेस्टुरेन्टको आफ्नै स्पेसलिस्ट खानाका परिकारहरु सहित नेपाली खानाको झल्को दिलाउने तरिकाले त्यस दिन बुफेको तयारी गरिएको थियो।

 


 

कार्यक्रममा गोर्खा-७  मनकामनाका बुबा तारा गुरुङ, आमा अन्जु गुरुंग, ठुलाबुबा मोहन गुरुङले छोरि बेला गुरुङको पास्नी(भातखुवाई) कार्यक्रमलाई नेपालीको माझमा मनाउन पाउदा सारै नै खुसि भएको अनुभव व्यक्त गर्नु भएको थियो।

 


 

उता होटेल मालिक मनोज डाँगीले नेपालीको लागि नेपालीको स्वाद पाउन भनेर सधै शनिबार र आइतबारमा बुफेको बेवास्ता गर्ने जानकारी गराउनु भयो । जसमा १४००० वोनमा नान पुलाउ अनि भेज, ननभेज सहित १ पेय पदार्थ चिसो या तातो पनि दिने बेवास्ता गर्ने जानकारी दिनुभएको थियो।