गैरअवासीय नेपाली सञ्जालको सम्बर्द्धन र नेपालको प्रवर्द्धनका विषयमा सम्मेलन केन्द्रित हुने आयोजक समितिका संयोजक जीवा लामिछानेले जानाकारी दिए । ‘सम्मेलनमा सञ्जालले सृदृढीकरणका सम्भाबनाहरुमाथि छलफल गर्ने र नेपालको विकासका लागि गैरअवासीय नेपालीलाई कसरी परिचालन गर्ने भन्ने विषयमा बहस हुनेछ’ लामिछानेले भने- ‘सामुहिक लगानी, वैदेशिक रोजगारीका समस्या र परोपकार तथा सामाजिक कार्यका सम्भावनाका पनि सम्मेलनमा छलफल गरिनेछ ।’
सम्मेलनमा विश्वका करिब ४० देशका करिब चार सय गैरआवासीय नेपालीहरुले सम्मेलनमा भाग लिने अपेक्षा गरिएको छ। साथै नेपाल सरकारको तर्फबाट उच्च प्रतिनिधि तथा व्यवसायी सहित नेपाली सञ्चारका प्रतिनिधिले भाग लिने छन्।
गैरअवासीय नेपाली संघ यूरोपका संयोजक क्याप्टेन हितमान गुरुङले सम्मेलनमा पुन दोहोरो नागरिकताको मुद्दामा पनि छलफल गरिने बताएका छन्। देशको राजनीतिक अवस्था परिवर्तन भएको अवस्थामा एक पटकको नेपाली सधैँको नेपाली हुन पाउने अधिकार सुनिश्चत हुनु पर्ने कुरामा जोड दिइने गुरुङले बताए। ‘सम्मेलनमा चौथो अन्तराष्ट्रिय सम्मेलनमा निर्वाचित कार्यसमितिको समीक्षा र आगामी अक्टोबरमा हुने पाँचौ अन्तराष्ट्रिय सम्मेलनका बारेमा समेत छलफल गरिने छ।’
सम्मेलन तयारीका लागि संस्थापक अध्यक्ष उपेन्द्र महतो संयोजक रहेको ३४ सदस्सीय सल्लाहार समिति गठन गरिएको छ। एनआरएनए वर्तमान उपाध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा ४९ जना रहेको सम्मेलन आयोजक समिति बनाइएको छ । सम्मेलनको आर्थिक ब्यवस्था मिलाउन एनआरएनएका कोषाध्यक्ष रामेश्वर शाहको संयोजकत्वमा १९ सदस्य आर्थिक संकलन समिति गठन गरिएको छ। क्याप्टेन हितमान गुरुंगको संयोजक अन्तराष्ट्रिय संयोज समिति गठन गरिएको छ। उक्त समितिमा १० सदस्य छन । यसैगरी आमन्त्रण, भिषा र आवासको प्रबन्ध मिलाउन बद्री केसीको संयोकत्वमा ४ सदस्य रहेको समिति गठन गरिएको छ। जुगल भुर्तेलको संयोजकत्वमा चार सदस्यीय प्रकाशन समिति गठन गरिएको छ। सम्मेलनलाई सफल पार्न होमराज आचार्य, गोबिन्द गौतम, डा कुमार बस्नेत, मदन कृष्ण श्रेष्ठ, सचिन शाक्य, बिमला बस्याल भण्डारी, डा कुमार कार्की, टेकराज निरौला, डा समाता प्रसाद, डा मनिराज पोख्रेल, रंगराज पौडेल, एक चापागाई, रबिन्द्र भट्टराई, सपीला राजभण्डारी संयोजक रहेको स्वागत तथा सत्कार, यातायत, हल ब्यवस्थापन, आवास, प्रबिधि, स्वयम सेवकलगायतका उपसमितिहरु समेत बनाइएको छ ।
यसअघि दोहा (कतार) सन् २००५, बोन (जर्मनी) सन् २००६, बैकक (थाइल्याण्ड) सन् २००८, टेक्सास (युएसए) सन् २०१०, र दुवाइ (यूएइ) स्न २०११ मा क्षेत्रीय सम्मेलनहरु आयोजना भइसकेका छन् ।



