– कृष्ण खनाल
बुटवल ८ वैशाख । पुनारावेदन अदालत बुटवलका मुख्य न्याधिस जागेश्वर सुवेदिले केहि ठुला अपराधिक घटनाहरुका अभियुक्तहरुलाई राज्यले कानुनको कठघरामा उभ्याउन नसकेको बताउनुभएको छ ।
मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुराष्ट नेपाल रुपन्देहीले यस क्षेत्रका मानवअधिकार उल्लङ्घनका घटनालाई समेटेर प्रकाशित गरेको मानव अधिकार सम्वन्धी वुलेटिन काहुरास्ट जिल्ला वुलेटिन को विहिवार बुटवलमा विमोचन गर्दे उहाले उक्त कुरा बताउनु भएको हो ।
राज्यको कमजोरीका कारण मुलुकमा मानवअधिकारको अवस्था नाजुक भएको बताउदै मुख्य न्यायधिस सुवेदीले मानवअधिकारकर्मीले राज्यलाई निरन्तर दवाव दिन जरुरी रहेको बताउनुभयो ।
संस्थाका जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न वुलेटिन विमोचन कार्यक्रमा राष्ट्यि मानवअधिकार आयोग उप- क्षेत्रिय कार्यालय वुटवलका प्रमुख दिपकजंग ध्वज कार्की नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली अधिवक्ता वावुराम पाण्डे जवाफदेहीता निगरानी समुहकका संयोजक तथा अधिवक्ता महेन्द्र पाण्डे मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष गोविन्द खनाल वुटवल जेसिजका अध्यक्ष लालहरी पाण्डे अधिकारकर्मीहरु मुक्ति पोख्रेल पुरुषोत्तम घिमिरे हरी प्रसाद रेग्मी लगायतले मानवअधिकारको सवालमा राजनितीक दल गम्भिर नभएकाले लोकतन्त्रमा पनि मानवअधिकारको अवस्था दयनिय भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।