रुपन्देहीमा महिला सुधारगृह नहुदा काठमाण्डौ जानुपर्ने बाध्यता

– कृष्ण खनाल

 

बुटवल ९ वैशाख । तनहु जिल्ला बन्दपुर गाविस वार्डनः२ स्थायी घर भएकी बुटवल ९ दिपनगर वस्दै आएकी बन्दना असधिकारी ले आफु लागुपदार्थको लतमा फसेपछी जिवनमानै नैरस्यता छाएको महसुर गरेकी थिईन ।  उनले जिवननै वर्वाद हुनलागेको कारण उनका आमा बुवा तथा अभिभावकले उनलाई सुर्धानको लागी कयौ प्रयास गरे । उनलाई अभिभावक तथा आफ्नो आमा बुवाले सम्झाएपछी सुधारकोलागी  तयार भईन । तर बुटवलमा उनलाई सुर्धानको लागी उनका अभिभावहरुले कायौस्थानमा महिला सुधारगृह खोज्दै भौतारीय । कयौ स्थानिय तथा राष्ट्रिय पत्रपत्रीकामा संस्थाको खोजी गरे । तर बुटवल र यस आसपासमा भने महिलाको नाममा कुनै पनी सुधार गृह नभएको कारण उनी अहिले काठमाडौ जान वाध्य भईन् । रुपन्देही जिल्लामा दर्जनौमात्रामा लागुपदार्थको दव्यवसनीमा फसेका  युवाहरुलाई लतबाट  छुटाउने तथा सुधारका नाममा संस्थाहरु खुलेको भए पनी महिलासुधार गृहको नामामा कुनै पनी सुधार गृह स्थापना भएको छै न । 

 
वन्दना अधिकारी  त एक मात्र उदाहरण हुन । यस्ता साथिको लहैलहैमा लागेर तथा रोजगारको सिलसिलामा विदेसिएका कयौ महिलाहरु लागुपदार्थको दुव्यवसनीको सिकार भईरहेका छन । तर उनले आफुहरु सुधारका लागी तयार भएपनी उनीहरुको लागी बुटवलमा कुनै पनी महिलासुधारगृह छैन । बन्दना अधिकारी   घरको आर्थिक तथा  पारिवारीक शमस्याको कारण उनी गएको ४ बर्ष अगाडी दुबईमा गएकी थिईन । परिवारमा पहीलो सन्तानको रुपमा जन्म लिएकी उनी बुटवलमा रहेको एक वोडिङ स्कुलमा कक्षा ७ मा अध्यायन गर्दागदै परीवारमा परेको आर्थिक जोहो टान कुवेतमा गएकी थिईन । करिव ३ वर्ष सम्म विदेश वसेर उनी नेपालमा फकिएकी थिईन ।

 

अधिकारीकी आमा सारदा  अधिकारीले बुटवलमा कुनै पनी महिला सुधार गृह नभएको कारण आफ्नो छोरीलाई काठमाण्डौ लानुपरेको वाध्यता सुनाईन्न । उनले भनिन- यहा आसपासमा सुधार गृह भएको भए त धेरै खर्च लगाएर काठमाडौ जानुपर्नेत थिएन । अहिले आफ्नो छोरीलाई काठमाडौको एक महिला सुधारगृहमा प्रतिमहिना १५ हजार रुपैया दिएर राखेको बताईन । उनले थपनी आर्थिक अवस्था नाजुक भएको र बुटवलमा कोठा भाडामा बस्दै आएको र अन्य आर्थिक आर्जनको बाटो पनी नभएको कारण हामिलाई गाह्ो परेको छ । उनले – यदि बुटवलमा महिला सुधार गृह भएको भए आफ्नो छोरी जस्ता अन्य महिला पनी लांभांवित हुने थिए ।

 

उता रुपन्देही प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम ले -राष्ट्रिय स्तरवाटनै कार्यक्रम तर्जुमा नभएको कारण रुपन्देहीमा महिला सुधार गृह बन्न नसकेको बताए । उनले प्रत्यक वर्ष तय हुने बजेटमा दशको कुन स्थानमा महिला सुधार गृह बनाउने कार्यक्रम आउने भए पनी रुपन्देहीमा अहिले सम्म नआएको बताए । उनले भने – यो केन्द्रबाटनै तय हुने कुरा हो यहाबाट हुने कुरा होईन । यसरी सरसकारी तवरबाट नै रुपन्देहीमा कुनै पनी महिला सुधारगृह नभएको कारण यस क्षेत्रमा लागुपदार्थको लतमा पसेका महिलाहरु आपुनो ईच्छा तथा अभिभावको निर्णय अनुसार सुधार हुन चाहेपनी धेरै खर्च लगाएर राजधानी काठमाण्डौ जानुपर्ने वाध्यता छ । जस्को लागी धेरै खर्चलाग्ने भएको कारण पनी लागुपदार्थ दुव्यसनीको लतबाट सुधारहुन चाहने महिलाहरुको ईच्छा पनी अधुरो रहने गरेको छ ।

अन्य समाचारहरु