– सुरेन्द्र सुवेदी
संखुवासभा – लालिगुरॉसको राजधानी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रको ४ सय ३८ रोपनी १० आना वन क्षेत्र जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा कांग्रेसले छानबिन सुरु गरेको छ । कांग्रेस केन्द्रीय सदस्य डा शशांङक कोइरालाले गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका कार्यकर्ता सम्लग्न भएमा कडा कारबाही गर्न लिखित पत्र पठाएका छन् ।
केन्द्रको पत्र प्राप्त भएपछि जिल्ला कार्यसमितिले छानबिन सुरु गरेको कांग्रेस सचिव मुक्तिसिंह राईले बताए । सचिव राईका अनुसार गुरॉस वन दर्ता प्रकरणमा कांग्रेसका सदस्य संलग्न भएको पाइएमा कडा कारबाही गर्ने निर्णय भइसकेको छ ।
गुरा