नेपाली जनसंपर्क समिती यु.ए.इ ले बनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न गर्‍यो


 

– गोपाल कंडेल, दुबइ  

 

नेपाली कांग्रेसको अन्तरराष्ट्रिय भात्री संगठन नेपाली जनसंपर्क समिती यु ए इ ले यही अन्तिम सुक्रबार अर्थात २२ अप्रिल २०११ का दिन यु.ए.इको एक सुन्दर शहर अल एन स्थित जेबेल हफित पार्कमा सम्पन्न गरेको छ।नेपाली कांग्रेस प्रती  आस्था राख्नु हुने तथा  सम्पूर्ण यु. ए. इ का  बिभिन्न शहरहरुमा रोजगारीको सिलशीलामा रहनुभएका जनसम्पर्क समिति मा आबद्द सदस्य हरुको भब्य उपस्थिती रहेको सम्भबत यो नेपाली हरुको पहिलो कार्यक्रम रहेको कुरा जनाइएको छ।   

 

आफ्नो गतीबिधीहरुलाई बढाउने क्रमसगै धेरै राम्रा राम्रा कार्यक्रमहरु गरिसकेको तथा एक आपसमा परीचित हुनका लागि यहाँ रहेका सबै क्षेत्रिय समितीका सदस्यहरु, केन्द्रिय समितीका पदाधिकारीहरुको उलेख्य उपस्थिती रहनुका साथै आपसी छलफल भेटघाट समेत भयो थियो। 

 

यसै  समितीका केन्द्रिय सभापति चित्र बहादुर के सी को सभापतित्यो , एनआरएनए, आईसीसीका कोषाध्यक्ष रामेश्वर शाह ज्यु को  प्रमुख आथीत्यमा औपचारिक कार्यक्रम भएको थियो उक्त कार्यक्रममा , नेपाली समाजका तुलसी तामाङ, होटेल संचालक , तेज आचार्य, रोशन भुसाल, नेपालका राष्ट्रिय कलाकार हरु , नेत्र भण्डारी , टि एन  सापकोटा ,डम्बर नेपाली ,प्रकाश पौडेल तथा स्थानिय ब्याण्डका  कलाकारहरुको ठुलो जमघट रहेको थियो।

 

नेत्र भण्डारी ले सुरुवात गर्नु भएको दोहोरी गीत बाट सबैमा मनोरन्जनात्मक माहोल सिर्जना गरेको तथा डम्बर नेपाली को गीतले सबैमा भाबुकता प्रदान गरेको थियो।  

 

बनभोज सन्चालन समितीका सदस्य श्री गोपाल कंडेल ले उक्त कार्यक्रम औपचारिक रुपमा सन्चालन गरुनु भएको थियो भने सबै क्षेत्रीय समितीका  हरु सभापतिहरु क्रमस : दुबैइबाट मनोज  गोर्खाली, अल एन बाट रुद्र भट्टराई , शार्जाह बाट बिष्णु थापा , अबुधाबी बाट कृष्ण गौतमको बारेमा र उहा हरुले गर्नु भएको उदाहरनिय काम माथि समितीका केन्द्रिय सभापति श्री चित्र केसी ले खुलेर प्रसम्सा गर्नुका साथै सम्योजन समितीका सम्योजक राजकुमार रानाभाट, केन्द्रिय कोशाध्क्षय गुन्जमान गुरुङ , तुल्सी बिमली  , महामन्त्री मिन रानाभाट, महेश मोक्तान , भुवानी तिमील्सिनाले गर्नु भएको सहयोगप्रती प्रसम्सा गरिएको थियो। यस सम्बन्धमा सम्पूर्ण जानकारी लिनको लागि समिती का सभापति श्री चित्र बहादुर केसी लाई हामीले  संपर्क गरेका  थियौ र उहाको अभिबेक्ती यस्तो रहेको छ। उहा भन्नुहुन्छ ५,६ जना सदस्य को जमघट बाट सुरु गरियको यो सस्था आज यति ठुलो रुपमा देखन पाउने अबसर मिल्नु का साथै बिभिन्न सामाजिक कामहरुमा  हाम्रो सहयोग रहेको तथा भबिस्यमा पनि हाम्रा नयाँ कार्यक्रम हरु बढाउदै लैजाने समयसापेक्ष हुने गरेका बिभिन्न अन्य संघ सस्थाका हक हित अनी यस प्रबास रहेर पनि आफ्नो अमुल्य समयलाई प्रयोग गरि आफ्नो देस् का निमित्त बिदेसमा रहेर पनि राम्रो काम गर्न को लागि हौसला जगाउने प्रतिबद्दता ब्यक्त गर्नुहुन्छ। उक्त बनभोजमा सरिक हुन आउनु भएका एनआरएनए, आईसीसीका कोषाध्यक्ष रामेश्वर शाहसंग ज्यु ले प्रबास म रहेर पनि यति ठुलो कार्यक्रम गर्ने जमर्को गर्नुभयका सम्पुर्ण जनसम्पर्क समितिका सदस्य प्रति धन्यवाद तथा आभार ब्यक्त गर्नु भएको थियो ।

 

समग्रहमा उक्त बनभोज सोचेभन्दा पनि सफल रहेको तथा यस् बनभोजमा जो र जसले आफ्नो समय दिन नपाइ छुट्नु भएको उहाँ हरु सबैलाई अन्य कार्यक्रममा सामेल गराउने जनाउनु हुन्छ सम्योजन समिति सदस्य साङदोर्गे शेर्पा, तथा भुवानी तिमिल्सिना।