रौतहट – मंगलबार बिहान रौतहटको चन्द्रनिगाहपुर स्थित चाँदि पुल नजिक सवारीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । ठक्कर दिने सवारी भने फरार भएको छ ।
बाराको जितपुर घर भएका ५० बर्षीय आलम मियाको चन्द्रनिगाहपुर गाविस स्थित चाँदि पुल नजिक बिहान २ बजे राजमार्गमा सवारीले ठक्कर दिँदा मृत्यु भएको प्रहरी निरीक्षक गौतम मिश्रले जानकारी दिए । ठक्कर लागी गम्भिर घाईते आलमको उपचारको क्रममा नारायणी उप क्षेत्रीय अस्पताल विरगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्ना पछि फरार सवारीको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । ठक्कर दिने बस या ट्रक भन्ने नखुलेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी भागेकाले प्रहरीले फेला पारेको छैन ।



