– मिथिलेश यादव
लहान – पूर्व-पश्चिम राजमार्गको सप्तरी खोजपुर-८ मा केही बेरअघि भएको यात्रु बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरुको शव पोष्टमार्टमका लागि अञ्चल अस्पताल राजविराजमा राखिएको छ। सनाखत हुन सकेको छैन।
मृतकहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ। सिरहाबाट राजविराज जाँदै गरेको ना ३ ख १८२२ नम्बरको मिनिबस खोजपुर चौक नजिक पुग्दा टायर पन्चर भएर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते पाँच जनाको उपचार लहानस्थित सप्तऋषि अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय राजविराजका प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए। घाइतेहरुलाई नजिकका स्वास्थ्य निकायहरुमा उपचारका लागि लैजाने क्रम जारी छ।