ओमान नेपाली एकता समाज दोर्र्वरा ओमानमा मई डे अन्तरराष्ट्रिय श्रमिक दिबस मनाए

– शालिक राम आचार्य 
 
ओमान मस्कट १ मई २०११  –  ओमान नेपाली एकता समाज दोर्र्वरा ओमानमा  “” संसारका मजदुर   एक हौं,”” भन्ने नाराका साथ  १ सय २२ औ अन्तराष्ट्रिय श्रमिक दिवस   मनाइँएकोछ ।


122 औ अन्तरराष्ट्रिय श्रमिक दिबस को अबसरमा ओमान नेपाली एकता समाजले  मस्कट का विभन्न  कम्पनीका मजदूर हरु को भेला गराई  अन्तरराष्ट्रिय मजदुर दिबस मनाए |  कार्यक्रमको  अध्यक्षता अल्खोइएर् एरिया समितिका अध्यक्ष धन बहादुर क्षेत्री थिय भनी सिबलाल गिरिले संचालन गरेका थिय |


उक्त कार्यक्रमका  अथितिहरु मा  ओमान नेपाली एकता समाज केन्द्रीय समितिका  अध्यक्ष सोभाकान्त लामिछाने, केन्द्रीय उपाअध्यक्ष संजय के.सी.,  घाला एरिया समितिका अध्यक्ष भानीश्सोर जैसी, केन्द्रीय कोसाअध्यक्ष विष्णु अर्याल , रहेका  थिए  |  यसै गरि सदस्यहरु मा   केन्द्रीय तथा एरिया समिति क्रमश :नव राज आचार्य ,  तुलसी राम जैसी, सोमे तामांग, प्रभु नारायण चौधरी, भिमलाल गिरि,   भिम प्रशाद भट्टराई, टंक प्रशाद जैसी, भेष कुमार कार्की, बसन्तराज पन्त, लगाएत  ओमान नेपाली एकता समाज का सम्पूरण सदस्य  कार्यकर्ताहरुको  पनि उपस्थिति थियो | 

   
देशमा रोजगारी को अभाभ का कारण काम को खोजि मा संसार का अरु देश जस्तै मलेसिया , भारत , कतार , साउदी अरेबिया लगायत खाडी का अन्य  देशमा जस्तै ओमान मा पनि धेरै नेपाली युवा युवती  हरु रोजगारी को खोजि मा आयको देखीयकोछ जसको संख्या ४५ देखि  ५५  हजार अनुमान गरियको छ l  उक्त बेला मा संसार का मजदुर हरु को समस्या नेपाली मजदुर हरु को समस्या को बारे ब्यापक जानकारी दिएको थियो कार्यक्रम मा सम्पूरण बक्ताहरु ले मजदुर को हक र हित को लागि सधै लडिरहने र गरीब मजदुर हरु लाई आफ्नो अधिकार को जानकारी हुनु पर्नी र जानकारी गराई रहनु परेको जानकारी गराए |


 मजदुर आन्दोलन को पर्तीफल पायका सिकागो  बासी मजदुरहरु बाट सुरु भएको यो दिन संसार भरि  उत्सबको रुपमा मनाउनी गरिन्छ अमेरीकाको सिकागो सहरमा मजदुहरुले आठ घण्टा काम र आठ घण्टा आरामको नारा सहित सुरु गरेको  आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो  ।