मानव अधिकार, अहिन्सा र पुनर्मिलन तालिम


 

– कृष्ण खनाल

 

बुटबल २० बैशाख ।   मानव अधिकार अिहंसा र पुनर्मिलन समबन्धि जिल्ला स्तरिय कार्याशाला सोमबारदेखि बुटवलमा शुरु भएको छ ।

 

     राष्ट्रिय शान्ति अभियानको साझेदारीमा सिर्जनातम अन्तराष्ट्रिय माच सिफ काठमाण्डौको आयोजनामा संचालन गरिएको सो कार्यशालामा ३० जनाको सहभागिता रहेको छ ।

 

      मानव अधिकार र मौलिक स्वतन्त्रताको संरक्षणका निम्ति नागरिक समाजको क्षमता अभिवृद्धि गर्ने उद्धेह्यले आयोजित उक्त कार्यशालामा विभिन्न राजनैतिक दलका भातृ तथा शुभेच्छुक संगठनका युवाहरु मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिताको सहभागिता रहेको छ ।

 

    कार्यशाला सिर्जनात्मक अन्तराष्ट्रिय शान्ति अभियान माचका अध्यक्ष जगदिश दाहाल राष्ट्रिय शान्ति अभियानका प्रशिक्षक अम्बिका पोख्रेल र शरद न्यौपानेले प्रशिक्षण दिइरहनु भएको छ ।

 

    ३ दिन सम्म् संचालन हुने सो कार्यशालामा जिल्लामा कार्यरत नागरिक समाज तथा युवा राजनितिककर्मीहरुमा मानवअधिकार अिहंसा शान्ति र मेलमिलाप प्रवद्र्धनका लागि ज्ञान सिप तथा क्षमता अभिवृद्धि गर्ने यो कार्यशालाको उद्धेश्य रहेको आयोजक संस्थाका क्षेत्रिय कार्यक्रम संयोजक साजय चौधरीले जानकारी दिनु भएको छ । कार्यक्रम बुधबार सम्म संचालन हुने छ ।

अन्य समाचारहरु