वीर अस्पतालबाट डाक्टरको लापरबाहीका कारण डिस्चार्ज भएको २ घन्टामै घाइतेको ज्यान गएपछि चिकित्सक र अस्पतालविरुद्ध प्रदर्शन

– प्रतिमा बाँस्कोटा

 

काठमाडौ – वीर अस्पतालबाट डाक्टरको लापरबाहीका कारण डिस्चार्ज भएको २ घन्टामै घाइतेको ज्यान गएपछि आफन्तले चिकित्सक र अस्पतालविरुद्ध प्रदर्शन गरेका छन् । मोटरसाइकल दुर्घटनामा घाइते सोल्टीमोडका सुवास पाठकको मृत्यु भएको हो । प्रदर्शनकारीले झ्यालका सिसा फोरेको अस्पतालले जनाएको छ ।

उनका आफन्तले भने डाक्टरको लापरबाहीका कारण मृत्यु भएको दाबी गरेका छन् । अस्पतालले त्यसलाई अस्वीकार गरेको छ । अस्पतालमा सामान्य उपचार गरेर डिस्चार्ज भएको दुई घन्टामै उनको मृत्यु भएको थियो ।

मादकपदार्थ सेवन गरेर सोमबार राति साढे ९ बजे बा ४१ प ७८३१ नम्बरको मोटरसाइकलमा सवार पाठक रोड डिभाइडरमा ठोक्किएर घाइते भएको महानगरीय प्रहरी ट्राफिक महाशाखाले जनाएको छ ।

प्रहरीले दुर्घटना भएलगत्तै उपचारका लागि वीर अस्पतालको इमर्जेन्सीमा पुर्‍याएको थियो । इमर्जेन्सीमा बायाँ हात र कोखाको चोटको सामान्य उपचारपछि उनी घर फर्किएका थिए ।

‘घर पुगेको केही समयमै बेहोस भएपछि पुनः अस्पताल लिएर आएका थियौं,’ मृतकका दाजु रोशन पाठकले भने, ‘फेरि अस्पताल ल्याइपुर्‍याउन नपाउँदै भाइले संसार छाड्यो । डाक्टरको हेलचेक्य्राइँले ज्यान गयो ।’

पीडित परिवारले राम्रो उपचार नगरी डिस्चार्ज गरेकाले ज्यान गएको बताए । ‘हातको घाउ मात्र हेरेको छ, रिपोर्टमा काखीमा चोट लागेको लेखे पनि त्यहाँ सफा गर्ने र थप उपचार गर्ने काम भएन,’ रोशनले भने, ‘भित्री चोट नहेरी सामान्य उपचारमा मात्र केन्दि्रत रहे, सामान्य एक्स-रेसमेत गरिएन ।’ राति ११ बजे उनको निधन भएको थियो ।

अस्पतालले गल्ती स्वीकार्नुपर्ने अडानमा रहेका आफन्तले वार्तापछि शव उठाएका थिए । अस्पतालले घटनाको छानबिन गरेर यथार्थ बाहिर ल्याउने र दोषी डाक्टरलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । शव लिएर जाने क्रममा मृतकका आफन्तले अस्पतालको भmयालका सिसाहरू तोडफोड गरेका छन् ।

अस्पतालबाट उनको शव  पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो । पोस्टमार्टमबाट कोखामा लागेको चोटका कारण उनको मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार कोखामा काटिएको र गहिरो ठक्कर परेकाले १२ नम्बरको करङ भाँच्चिएको छ । भाँच्चिएको करङले फोक्सो छेडेपछि त्यहाँभित्र १ लिटर रगत जमेको थियो ।

वीर अस्पतालका निर्देशक डाक्टर बुलन्द थापाले बिरामीको मृत्यु हुनुमा चिकित्सकको दोष नरहेको प्रतिक्रिया दिए । उनले अन्य बिरामी उपचार गर्ने पद्धतिभै+m पाठकको पनि उपचार गरिएको बताए । ‘घाइतेको हात र काखीमा भएको घाउको प्रकृति हेरेर दुवैतिर उपचार गरिएको हो,’ थापाले भने । पीडितहरूले भनेजस्तो लापरबाही गरिएको होइन ।’ उनले नियोजित रूपमा बिरामीको स्वास्थ्यमाथि चिकित्सकले खेलवाड नगर्ने दाबी गरे । ‘कहिलेकाहीं यस्ता दुर्घटना हुन सक्छन् तर चिकित्सकको पूर्ण बेवास्ताका कारण नै यस्तो भएको भन्न मिल्दैन,’ उनले भने ।

अस्पतालले घटनाको अनुसन्धान गर्न उपसचिव अर्जुन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको छ । टोलीमा अस्पतालकी कानुनी सल्लाहकार पूणिर्मा रिमाल, सहप्राध्यापक डाक्टर किरण श्रेष्ठ, सहप्राध्यापक दीर्घराज आरसी र पीडितका तर्फबाट शिक्षण अस्पतालका एक डाक्टरलाई राखिएको छ । उनीहरूले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि डाक्टरको गल्ती भेटिएमा कारबाही गरिने निर्देशक थापाले बताए ।

अन्य समाचारहरु