माओवादी नेता डा. बाबुराम भट्टराई गोरखा विकट र ऐतिहासीक गाउँमा

– राजेन्द्र न्यौपाने

 
गोरखा २१ बैशाख । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई आज गोरखा जिल्ल्ााको विकट गाउँ सिर्दीवासमा पुग्नुभएको छ ।

 

जिल्ल्ाा सदरमुकामबाट ३० कोष टाढा रहेको सिर्दीवास गाउँ विकास समितिमा अवस्थित नौ गाउँ विकास समितिको एक मात्र माध्यमिक विद्यालय बुद्ध मावि  सिर्दीवास उप स्वास्थ्य चौकी सिर्दीवास खाद्य स्टोर स्थानीय लोक्पा खोलाको पहिरो उहाँले आजै निरीक्षण गर्नुभएको छ ।

 

हजारौं स्थानीय गाउँलेहरुले उहाँलाई भव्य स्वागत गरेका थिए । डा. भट्टराई अर्थ मन्त्री हुँदा वर्दिया जिल्लाको वर्दीवास र गोरखा जिल्ल्ााको सिर्दीवासमा जिल्ल्ाामा हुने सबै प्रशासनिक अड्डाहरु स्थापना गरी जनतालाई त्यहिँबाट सेवा सुविधा दिने भनि योजना ल्याएपनि अझै सम्म कार्यन्वयन नभएको भन्दै स्थानीयहरुले कार्यन्वयन गरिदिन माग गरेका छन् ।

 

स्थानीय वस्तु स्थितिको बारेमा जानकारी लिन अवलोकन भ्रमणका लागि डा. भट्टराई सहित राष्ट्रिय योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा। दिनेश चन्द्र देवकोटा नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला स्वास्थ्य मन्त्रालयका सचिव डा।सुधा शर्मा सहितको टोली सिर्दीवास पुगेको हो ।

 

सोही अवसरमा सिर्दीवासका गाउँहरुले सिर्दीवासमा प्राथमिक स्वास्थ्य संस्थाको स्थापना खाद्य स्टोरको स्थापना आवासिय विद्यालय स्थापना लाक्पा खोलाको पहिरो नियन्त्रण पहिरो पिडितलाई पुनःस्थापनाको माग राख्ोका छन् । यसै गरी उनीहरुले यातायात र साचारको राम्रो व्यवस्था हुने पर्ने माग राखेका छन् ।

 

भट्टराईको अर्थमन्त्री कालमा ल्हो प्रोक सामागाउँ छेकम्पार उहिया विही चुम्चेत सिर्दीव्ाास लगायतका गाउँ विकास समितिका बालबालिकाहरुले अध्ययन गर्ने विद्यालय बुद्ध मा।वि। भएकोले यसलाई आवासिय बनाउनुपर्ने धारणा अनुसार बजेट विनियोजन गरिएको थियो ।

 

सिर्दीबासबाट डा. भट्टराई सहितको टोली बारपाक पुगेर काठमाण्डौ फर्किसक्नु भएको छ । आफु बारपाक आउने इच्छा लामो समयदेखि भएको र अहिले आईपुगेको उहाँले जनताहरु समक्ष बताउनुभयो । छोटो समयम मात्र बारपाकमा रहनुभएका भट्टराई आफु केही समय लिएर फेरी बारपाक आउने बताउनुभयो । 

 
हिमालय उच्च माविको प्राङगणमा भएको कार्यक्रममा हजारौं जनसमुदायले भट्टराई सहितको टोलीलाई भव्य स्वागत गरिएको थियो । बारपाकमा अहिलेसम्मकै सबैभन्दा ठूलो जमघट आज भयो । भट्टराई आगमनले बारपाकको ऐतिहासीकता र पर्यटन विकास हुनेमा बारपाकवासीहरु आशावादी रहेका छन् ।

 

नियमित गोरखा आउनेक्रममा डा. बाबुराम ३९ औं पटक आज गोरखा आईपुग्नुभएको हो । उहाँले बारपाकको विकासका लागि आफु लागि पर्ने बताउनुभयो ।

अन्य समाचारहरु