काठमाडौं – नक्कली भारु ३२ लाख सहित एक पाकिस्तानीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका प्रहरी प्रमुख केदार रिजालका अनुसार पक्राउ पर्ने सरदार हुसैन हुन् ।
उनी बिहीबार पाकिस्तानको कराँचीबाट काठमाडौं आएका थिए । नक्कली भारतीय मुद्रा विमानस्थलबाट कसरी बाहिर आयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सम्पर्क नम्बर दिएको मान्छे आउनुअघि नै प्रहरीले पक्राउ गरेकाले उक्त रकम लिन आउने को हो ? आफूलाई समेत थाहा नभएको बयान हुसैनले प्रहरीलाई दिएका छन् ।
केही दिन अघि मात्रै प्रहरीको विशेष टोलीले पाकिस्तानबाट बैंकक हुँदै काठमाडौं आएको नक्कली भारतीय मुद्रा प्रहरीले बरामद गरेको थियो ।



