-उमाकान्त पाण्डे ‘गाउँले’
अखाँटा यूएई डेस्क-६ मे २०११-आबुधाबी-यूएई-यूएई नेपाली एकता समाज द्वारा मे महिनाको पहिलो साता लाई मजदुर दिवस सप्ताहन्तको रुपमा मनाएको छ। समाजका बिभिन्न्न क्षेत्रिय तथा एरिया समितीको पहलमा सो सप्ताहन्त मनाइएको हो।संसारका मजदुर एक हौ भन्ने नाराका साथ १ सय २२ औ अन्तराष्ट्रिय श्रमिक दिवस लाई मे महिनाको एक गते लाई मात्र नभै महिनाको पहिलो साता लाई नै मज्दुर दिवस सप्ताहन्तको रुपमा भिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो।
यूएई नेपाली एकतासमाज दुबइ क्षेत्रीय समितीको आयोजनामा दुबइको अलुक्जमा एक कार्यक्रमका बिच सो दिवस मनाइएको जनाइएको छ।रोजिरोटीका लागि मज्दुरी गर्न वाध्य सम्पूर्ण मानव जगतले मज्दुर दिवसलाई बिशेष रुपमा मनाउने प्रचलन बमोजिम सो कार्यक्रम आयोजना गरिएको बताइएको छ।
ज्ञात-अज्ञात शहिदको सम्झनामा १ मिनेट मौन धारण गरी सुरु गरिएको कार्यक्रममा बोल्ने अधिकाशं वत्ता हरुले मजदुर दिवस बिदेशमा समेत मनाउनु आँफैमा गर्बको कुरा रहेको जोड दिएका थिए।
प्रवासीएका हामी नेपाली मज्दुरले मात्र नभै विश्व भरका श्रमिक मजदुरले मई दिवस मनाउने गरेको प्रसँग कोट्टाउदै पुजीपतीहरुले मज्दुरको एकता लाई फुटाउन अनेक जाल गरिरहेको र त्यो जाल लाई मज्दुर सबै एक भएर तोड्नु पर्ने भएकोमा कार्यक्रमका प्रमुख अतिथी समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी ले जोड दिएका थिए ।
समाजका केशब शर्माको सभापतित्व,केन्द्रिय उपाध्यक्ष कृष्ण केसीको प्रमुख आतिथ्यता तथा प्रकाश जिसीको सन्चालनमा सम्पन्न कार्यक्रममा समाजका अधीकतम सस्दस्यको उपस्थिती रहेको बताइएको छ।
यसै बिच यूएई नेपाली एकता समाज आबुधाबी क्षेत्रीय समिती द्वारा गत १ तारिख बिशेष कार्यक्रमको आयोजना गरी आबुधाबी मुसाफा क्षेत्रमा मनाएको छ।आबुधाबी क्षेत्रिय समिती अन्तर्गत मुसाफा साबियामा सम्पन्न कार्यक्रममा बोल्ने अधिकाम्श वत्ताहरुले सर्वहारा वर्गको हक अधिकारका निमित्त संसारका मजदुर एक भएर हाते मालो गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए।
अझै पनि संसार का मज्दुर मालिक बाट दास बन्नु परेको तितो यथार्थको बारे चर्चा गर्दै नेपाली एकता समाजका क्षेत्रिय समिति अध्यक्ष गुप्त के.सी. ले संसार २१ औ शताब्धीमा फड्को मारिरहेको अवस्थामा पनि संसारका मज्दुरले ८ घण्टा काम ८ घण्टा आरम र ८ घण्टा मनोरन्जन भन्ने कुरा लाई संसारका शाशक वर्गले किल्ची मज्दुर माथी थप आन्याय गरेको दावी गरे।
अमेरिकाको सिकागोमा मज्दुरले आफ्नो हक अधिकार को निमित्त जिउ ज्यान आहुती दिएर प्राप्त गरेको अधिकारलाई संसारका मज्दुरले रक्षा गर्नु पर्ने उनको भनाइ रहेको थियो।
उता दुबइको सोनापुरमा पनि मी दिवस मनाइएको समाचार प्राप्त भएको छ। सोनापुरमा सम्पन्न कार्यक्रमलाई यूएई नेपाली एकता समाजका केन्द्रिय सद्स्य यम बहादुर पुनले सम्बोधन गरेको जनाइएको छ।



