नयाँ निर्वाचित पत्रकार महासंघ पदाधीकारी लाई यूएई प्रवास देखी हार्दिक बधाई तथा शुभकामना

-उमाकान्त पाण्डे गाउंले 
अर्घाखाँची टाईम्स यूएई डेस्क – नेपाल पत्रकार महासंघ केन्दि्रय कार्यसमितीको हालै सम्पन्न २३ औ महाधिवेशनले शिव गाउंलेलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा उहाको कार्यकाल सफल रहोस भनि नेपाली समाचार केन्द्र यूएईले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ नेपाल पत्रकार महासंघ केन्दि्रय कार्यसमितीको हालै सम्पन्न २३ औ महाधिवेशनले शिव गाउंलेलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा उहाको कार्यकाल सफल रहोस भनि हामी शुभ कामना दिन चाहन्छौ। साथै महाधिवेशन मार्फत निर्वाचित ३१ सदस्यीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी हरुको कार्यकाल सफल र नेपाली  पत्रकारिता जगतका लागि उपलब्धी मुलक बन्न सफल होश भन्ने अपेक्षा राख्दछौ। साथै महाधिवेशनमा नयां कार्यसमितीका लागि प्रतिस्पर्धी उम्मेद्ववार जो अहिलेको निर्वाचन बाट पराजित हुनु भएको छ उहांहरु सबैलाई आफ्नो पत्रकारिताको धर्म र मर्म अनुरुप निरन्तररुपमा पत्रकारिता पेशामा आबद्ध रहदै अघि बढ्नुहुन अनुरोध गर्दछौ । 
 
बिभिन्न बहानामा बिभिन्न क्षेत्रबाट च्यापिदै, आरोपित हुंदै र समग्र रुपमा ऐतिहासिक महत्व बोकेको नेपाली पत्रकारिता जगत अहिले पत्रकारको हक हित र सुरक्षामा समेत उल्लेख्य पहल गर्न नसक्ने स्थितीमा रहेको सबैमा सर्बबिदित नै छ । यस्तो कठिन अवस्थामा पनि हामी सबै कलम चलाऊनेहरु एक जुट हुंदै अघि बढ्नु पर्ने परीप्रेक्ष्यमा अध्यक्ष शिव गाउंलेको कार्यकालमा नेपाली पत्रकारीताले ठोस निती अबलम्बन गरी सकारात्मक रुपमा  सबै पत्रकार मित्रहरुलाई कलम चलाउन र बेला बेलामा चर्किने बैचारिक लडाईंको अन्त्य गर्न निर्देशन र कार्यन्वयन हुनेमा हामी बिस्वस्थ छौ बिज्ञप्तीमा उल्लेख गरिएको छ।
सबै पत्रकारहरुसंग समन्वय गरेर हातेमालोको पत्रकारीतालाई अगाडि बढाउन यूएईकै जेष्ठ संचार सस्था नेपाली समाचार केन्द्र यूएई र यसको प्रकाशनमा प्रकाशित हुने नेपाली समाचार पाक्षिक पत्रीका परिवारले खेल्नु पर्ने भूमिकाको सबन्धमा हामीले सधैं सकरात्मक रुपमा लिएका छौ र लिने छौ भनिएको छ।
महासंघको केन्द्रीय अध्यक्ष पद सहित नयां निर्वाचित सम्पूर्ण ३१ सदस्यीय कार्यसमितीलाई प्राप्त जिम्मेबारी सफल रुपमा निर्बाह गर्न तपाईंका सहकर्मी मित्रहरुले निरन्तर साथ दिनुहुने छ भन्ने हामीले आशा लिएका छौ।
अन्त्यमा बिभिन्न कारणले बिदेशिएका नेपाली पत्रकारहरुको प्रबासको बसाइमा क्रमिक रुपमा हुंदै गएको प्रबासी नेपाली पत्रकारीताको बिकासको लागि नेपाल पत्रकार महासंघ केन्दि्रय समितीले अग्रणी भूमिका खेल्दै यस्को बिकासमा ठोस उपलब्धी हात पार्न सकोश भन्ने हाम्रो कामना गर्दै नयां कार्यसमितिको सुखद र सफल  कार्यकालको लागि समेत यसै प्रेस विज्ञप्ती मार्फत  शुभकामना तथा बधाइ ब्यत्त गर्दछौ जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ।