गायक राजु लामा यूएई आउने

-उमाकान्त पाण्डे गाउंले


अर्घाखाँची टाईम्स यूएई डेस्क -सम्युत्त अरब एमिरेट्स यूएईमा आयोजना हुन लागेको एक सास्कृतिक कार्यक्रममा सहभागी हुन नेपालका प्रख्यात पप गायक मगोंलियन हर्टका राजु लामा दुबइ आउने भएका छन।


यही आउदो मै २० तारिख शुक्रबारका दिन दुबइ स्थित अस्टोरिया होटल परिसरमा हुन गैरहेको समर ब्लास्ट २०६८ नामक सास्कृतिक कार्यक्रममा सहभागी हुन गायक लामा यहाँ आउन लागेका हुन।   


नेपाली कलासस्कृतीको जगेर्ना गर्दै प्रवासमा रहेका नेपालीलाई आफ्नो देशको मौलिकता तथा आफ्नो पन झल्काउदै यूएईमा रहेका स्थानिय नेपाली कलाकारको प्रबद्दन गर्ने उद्देश्यले आयोजना हुन गैरहेको सो सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रमेश खडकाले जानकारी गराएका छन।

 



‘हिमाल पारीको देश बाट मेरी माया मलाई हेर्दै होलिन’ नामक गिती शब्दमा स्वर सजाएका प्रवासीएकाको ब्यथा तथा ‘भाई टिकामा भेट्न आउनु’ जस्ता माइतीको निम्तो दिदी बहिनीलाई दिएको स्वर सज्जित गायक यूएई आउने खबरले यहाँ स्थित युवायुवती हरु आफ्नो कार्यब्यस्तता लाई पन्छाएर कार्यक्रममा सहभागी हुन तयारी गरिरहेको अर्घाखाँची टाईम्स लाई प्रतिकृया दिएका छन।


सो सास्कृतिक कार्यक्रमलाई स-सम्योजक गरिरहेकी यूएईमा ख्याती प्राप्त तथा नेपालकी राष्ट्रिय मोड्लिङ कलाकार मिना वाइवाले कार्यक्रममा सहभागी भएर भरपूर्ण मनोरन्जन लिन यसै समाचार मार्फत यूएई प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी लाई उनले आग्रह गरेकी छन। प्रवासमा रहेका नेपालीका लागि आफुहरुले गरेको प्रयास लाई सफल पारीदिन वाइवाले अनुरोध गरेकी छन। कार्यक्रम सम्बन्धी तयारी अन्तिम चरणमा पुगिसकेको तथा सिट सिमित भएकोले कार्यक्रम सम्बन्धी जानकारी लिन कार्यक्रम आयोजकको संपर्क नम्बर ०५५५०७१०३८ मा गर्न आयोजक समर ब्लास्ट २०६८ समुहले अपिल समेत गरेको छ।