अज्ञात व्यक्तिले राखेको वम विष्फोट हुँदा रोल्पा जिल्लाको कोर्चाबाङमा एक १५ वर्षका किशोरको मृत्यु

रोल्पा  – अज्ञात व्यक्तिले राखेको वम विष्फोट हुँदा रोल्पा जिल्लाको कोर्चाबाङ गाविसमा एक किशोरको ज्यान गएको छ भने अर्का एक बालक घाइते भएका छन् ।

भावाङको वडा नं १ पैरेभीरको माडिखोलामा वम विस्फोट भएको हो । आइतबार बेलुकी बम विस्फोट हुँदा कोर्चावाङ ८ सुकाखोला घर भएका १५ वर्षका राजेन्द्र पुनको ज्यान गएको हो । प्रहरीका अनुसार खोलाको बगरमा हिडिरहेका राजेन्द्रको ज्यान गएको हो । खोलामा वम जस्तो वस्तु फेला पारेपछि छुदा पड्केको थियो ।

गम्भीर घाइते भएका राजेन्द्रलाई थप उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । बम विस्फोटमा अर्का किशोर गम्भीर घाइते भएका छन् । कोर्चावाङ ८ का १५ वर्षका विशाल पुन घाइते भएका हुन् । मृत्यु भएका राजेन्द्र विशालका माइलो बुबाका छोरा हुन् ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु दाजुभाइ घर नजिकको माडिखोलामा माछा मार्न गएका थिए ।

अन्य समाचारहरु