– कर्ण जंग रायमाझी
कोरिया व्युरो प्रमुख
दक्षिण कोरिया । कामको सिलसिलामा दक्षिण कोरियामा बसोबास गर्दै आएका एक नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ। काभ्रे जिल्ला बिर्ता देउराली गाबिस वार्ड न ९ निवासी ३० बर्षीय श्रबण राज पन्तको आफ्नै कम्पनीमा काम गर्ने क्रममा निधन भएको हो।
म् तक पन्तको आन्सानको बानवल(banwol)को आल्मोनियम कम्पनीमा काम कै सिलसिलामा यही मे ९, २०११ तारिक बेलुकी ७.४० क्रेनको डाइ खसी टाउकामा चोट लागेको र उपचारका लागि त्यही नजिकको (हान्दो) हस्पिटल भर्ना गरिएकोमा उपचारको क्रममा अर्को दिन बिहान ११ बजे मृत्यु भएको घोषणा गरिएको थियो।
पन्त इपिएसबाट कामको सिलसिलामा २१ महिना पहिला कोरियामा आएका थिए।
यसैगरी उक्त दु:खद निधन प्रति अर्घाखाँचीडट्कम कोरिया व्युरो अर्थात अर्घाखाँची कोरिया संपर्क मन्च लगायत त्यहाँ रहेका अनेकौ संघ-सस्थाहरुले प्रेस विज्ञप्ती निकाल्दै दु:ख, समवेदना प्रकट गरेका छन।